२४ जेष्ठ २०७७ शनिबार
अर्थ

‘अर्घाखाँची सिमेन्टको गुणस्तर सवालमा कुनै सम्झौता गरिएको छैन’

भैरहवा - तीन दर्जन पत्रकारसहितको टोलीले गत आइतबार रुपन्देहीको भैरहवास्थित अर्घाखाँची सिमेन्टको उद्योग अवलोकनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा एकजना पत्रकारले प्रश्न गरे– निर्माणका क्रममा ढलान, पिल्लरजस्ता फलामे डण्डी प्रयोग हुने स्थानमा सरकारी सिमेन्ट प्रयोग गर्ने प्रचलन छ। पुरानो यो प्रचलनलाई तोड्न अर्घाखाँची सिमेन्टले कस्तो कार्य योजना बनाएको छ ?

उत्तरमा अर्घाखाँची सिमेन्टका सञ्चालकमध्येका एक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले एउटा उदाहरण दिए– ‘निर्माणाधीन एउटा जलविद्युत् आयोजनामा डण्डी र सिमेन्ट कुन प्रयोग गर्ने भन्ने छलफल हुँदा निष्कर्ष निकालियो ‘आयोजनाका विभिन्न भागमध्ये बलियो बनाउनु पर्ने भागहरुमा अर्घाखाँची सिमेन्ट प्रयोग गर्ने र अन्य भागमा अरु सिमेन्ट पनि प्रयोग गर्न सकिने।’

सञ्चालक मुरारकाको यो उदाहरणले सजिलो र स्पष्ट उत्तर दियो, अर्घाखाँची सिमेन्ट अन्य सरकारी सिमेन्टभन्दा कमजोर छैन। गुणस्तरको सवालमा कुनै सम्झौता गरिएको छैन। पत्रकारको प्रश्नमा उदाहरण मात्र होइन, मुरारकाले यो पनि भने, ‘म सरकारी वा अन्य कुनै निजी कम्पनीका उत्पादनसँग आफ्नो उत्पादनलाई तुलना गर्दिन तर यति भन्छु मेरो सिमेन्टको गुणस्तर नेपालमा राम्रो सिमेन्टमध्येमा एक नम्बरमा पर्छ।’

–आधा दशकमा उत्पादन क्षमता सात सयबाट तीन हजार टन पु¥याउनुले सिमेन्ट गुणस्तरीय भएको र बजार लिइरहेको स्पष्ट हुन्छ। ‘बजार हिस्सा लिन नसके कुनै पनि उद्योगीले उत्पादन क्षमता बढाउँदैन। चालु वर्ष  सिमेन्टको मागमा कमी आएको छ। तर, गुणस्तरीय उत्पादन दिन सके बजार अभाव हुँदैन। 

–अर्घाखाँची सिमेन्टलाई गुणस्तरीय बनाउने प्रमुख दुई कुरा हुन्, गुणस्तरीय चुनढुँगा र नवीनतम प्रविधि। कम्पनीले अहिले पाल्पाको खानीबाट ल्याएको चुनढुँगा मुलुकमै सबैभन्दा राम्रो र गुणस्तरीय फेला परेको छ। गुणस्तरीय चुनढुँगासँगै कम्पनीले उद्योगमा प्रयोग गरेको विश्व प्रसिद्ध भिआरएम प्रविधि पनि नवीनतम प्रविधि हो।

–अर्घाखाँची सिमेन्ट किनेको पुरस्कार जित्न होइन, बलियो घर बनाउन हो। पुरस्कार त भाग्यले जुराएको मात्र हो।

–ठूला–ठूला परियोजना बनाइरहेको भारतमा एमजिओको मापदण्ड ६ प्रतिशत कायम गरिएको छ। एमजिओ ६ प्रतिशत हुनेबित्तिकै सिमेन्टको स्ट्रेन्थ घट्छ भन्नुमा कुनै सत्यता छैन।

संयोगै भनौं त्यसै दिन कम्पनीले सञ्चालनमा ल्याएको ‘धन वर्षा’ योजनाअन्तर्गत एक लाख रुपैयाँको पुरस्कार उद्योग परिसरमा थापेपछि बुटवलकी बिन्दु खनालले नागरिकको प्रश्नमा भनिन्, ‘अर्घाखाँची सिमेन्ट किनेको पुरस्कार जित्न होइन, बलियो घर बनाउन हो। पुरस्कार त भाग्यले जुराएको मात्र हो।’

खनालका अनुसार अधिकांश उपभोक्तालाई घर बनाउँदा काठ, आल्मोनियम र डण्डीजस्तै सिमेन्ट पनि कुन प्रयोग गर्ने भन्नेमा द्विविधा हुन्छ। गुणस्तरीय र राम्रो सामान भएको प्रचार सबैले गर्छन् तर साँच्चिकै गुणस्तरीय सामान रोज्न उपभोक्ता सचेत हुनु जरुरी छ। उनी आफूले प्राविधिक, घर बनाउने ठेकेदार र पहिले प्रयोग गरिसकेका आफन्तको सल्लाहमा अर्घाखाँची सिमेन्ट प्रयोग गरेको बताइन्। ‘घर जीवनमा एक पटक बनाउने हो,’ उनले भनिन्, ‘त्यसैले गुणस्तरमा सम्झौता गरियो भने जीवनभर दुःख पाइन्छ। धनको पनि नास हुन्छ।’

अर्घाखाँची सिमेन्टलाई गुणस्तरीय बनाउन धेरै किसिमले सहयोग गरेको छ। त्यसमध्येका प्रमुख दुई कुरा हुन्, गुणस्तरीय चुनढुँगा र नवीनतम प्रविधि। कम्पनीले अहिले पाल्पाको खानीबाट चुनढुँगा ल्याएको छ। सञ्चालक मुरारकाका अनुसार पाल्पाको खानीमा चुनढुँगा मुलुकमै सबैभन्दा राम्रो र गुणस्तरीय फेला परेको छ। अर्घाखाँची सिमेन्ट गुणस्तरीय बन्नुमा यसको ठूलो योगदान रहेको उनले जानकारी दिए। 

गुणस्तरीय चुनढुँगासँगै कम्पनीले उद्योगमा प्रयोग गरेको विश्व प्रसिद्ध भिआरएम प्रविधिले पनि गुणस्तरयुक्त उत्पादनका लागि सहयोग पु¥याएको छ। गुणस्तरीय उत्पादनकै कारण उद्योगबाट उत्पादित सिमेन्ट छोटो समयमै बजारमा स्थापित भएको छ। अर्घाखाँची सिमेन्ट एउटा ब्रान्ड बनिसकेको छ।

कपिलवस्तुमा रहेको डाइनेस्टी सिमेन्ट उद्योग किनेर सुरु भएको यो उद्योगमा अहिले करिब साढे सात अर्ब रुपैयाँ लगानी भएको छ। आधा दशकअघि यात्रा सुरु गरेको यो उद्योग अहिले मुलुककै ठूला सिमेन्ट उद्योगमध्येमा पर्छ। २५ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगले अहिले दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगले त्यत्तिकै मात्रामा क्लिन्कर पनि उत्पादन गर्छ। अहिले अर्घाखाँची ब्रान्डमा ओपिसी र पिपिसी सिमेन्ट उत्पादन हुँदै आएको छ।

उद्योग सुरुमा सात सय टनबाट १२ सय हुँदै तीन हजार टनमा पुगेको हो। आधा दशकमा उत्पादन क्षमता सात सयबाट तीन हजार टन पु¥याउनुले सिमेन्ट गुणस्तरीय भएको र बजार लिइरहेको स्पष्ट हुन्छ। ‘बजार हिस्सा लिन नसके कुनै पनि उद्योगीले उत्पादन क्षमता बढाउँदैन,’ सञ्चालक मुरारकाले भने, ‘चालु वर्ष  सिमेन्टको मागमा कमी आएको छ। तर गुणस्तरीय उत्पादन दिन सके बजार अभाव हुँदैन।’  

मुरारकाका अनुसार उत्पादन प्रक्रियादेखि प्याकेजिङसम्म गुणस्तरलाई ध्यान दिएर अर्घाखाँची सिमेन्ट उत्पादन गरिएको छ। यही कारण ठूला–ठूला परियोजनामा प्रयोग भइरहेको हो। केही समयअघि सिमेन्ट उत्पादनमा म्याग्नेसिया ‘एमजिओ’ को मुद्दा उठेको थियो। सरकारी निकायले केही नेपाली सिमेन्टमा एमजिओ बढी भएको बताएका थिए। मुरारका यसलाई अनावश्यक रूपमा विवादमा ल्याउन खोजिएको दाबी गर्छन्। उनका अनुसार ठूला–ठूला परियोजनाहरु बनाइरहेको भारतमा एमजिओको मापदण्ड ६ प्रतिशत कायम गरिएको छ। ‘एमजिओ ६ प्रतिशत हुनेबित्तिकै सिमेन्टको स्ट्रेन्थ घट्छ भन्नुमा कुनै सत्यता छैन,’ सञ्चालक मुरारकाले भने, ‘यो सबै अफवाह फैलाउन गरिएको मात्र हो।’

मुरारकाका अनुसार चुनढुंगामै हुने म्याग्नेसियाका कारण सिमेन्ट उत्पादनको गुणस्तर घटबढ हुने गर्छ। सिमेन्टमा पाँच प्रतिशत मात्र एमजिओ हुन तीन प्रतिशतभन्दा बढी एमजिओ भएको कच्चा पदार्थ प्रयोग गर्नु हुँदैन। सबै फ्याँक्नुपर्छ। यसो गर्दा एकातिर सिमेन्टको लागत बढ्छ भने अर्कोतिर प्रकृतिमाथि खेलबाड हुन्छ। 

मुरारकाले उद्योगबाट निस्कने तातो बाफलाई ऊर्जामा रूपान्तरण गरेर वातावरण बचाउने काम गरेको पनि जानकारी दिए। ‘उद्योगबाट निस्कने तातो बाफले वातावरणलाई हानी गर्छ, त्यसैले हामीले त्यो बाफबाट ऊर्जा उत्पादन गर्दै आएका छौं,’ उनले भने, ’साढे दुई मेगावाटको क्षमता भए पनि अहिले एक मेगावाट विद्युत् उत्पादन गरिएको छ।’

सरकारले सिमेन्ट उद्योगलाई निर्यात गर्न सक्ने वस्तुको सूचीमा राखेको छ। तर, सिमेन्ट व्यवसायीहरुका अनुसार त्यसअनुसारका सेवा र सुविधा उपलब्ध नभएका कारण सम्भावना भएर पनि निर्यात हुन सकेको छैन। सञ्चालक मुरारकाका अनुसार वनका कारण पनि सिमेन्ट उद्योगी समस्यामा छन्।

अर्घाखाँची सिमेन्टका प्रमुख सञ्चालक राजेश अग्रवालले अहिले बजारमा १० मिलियन टन क्लिन्करको माग भएको जानकारी दिए। ‘अहिले बजारमा नौ मिलियन टन क्लिन्कर उत्पादन भइरहेको छ,’ अग्रवालले भने, ‘आगामी दिनमा १६ मिलियन टनसम्म क्लिन्कर उत्पादन हुने देखिन्छ। सिमेन्टको माग बढेन भने यसमा पनि समस्या आउन सक्छ।’

प्रकाशित: ३ पुस २०७६ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App