१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकले दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडाैं- नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो। 

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ। बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु तीन अर्ब १३ करोड मूल्य बराबरको टे«जरी बिल बिक्री गरेको थियो। रासस

प्रकाशित: २२ मंसिर २०७६ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App