coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक महिनाभित्र सञ्चालन

विराटनगरस्थित नवनिर्मित आइसिपीको प्रशासनिक भवन। तस्बिरःनागरिक

विराटनगर - विराटनगरमा बनेको एकीकृत जाँच चौकी(आइसिपी) एक महिनाभित्र सञ्चालनमा आउने भएको छ। भारत सरकारको सहयोगमा निर्माण भएको आइसिपी एक महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका उप–निर्देशक हरिकृष्ण मिश्राले जानकारी दिए।

आइसिपी निर्माण सम्पन्न भइसके पनि नेपाल सरकारलाई हस्तान्तरण हुन बा“की रहेको उनले बताए। ‘भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि आइसिपी सञ्चालनमा आउ“छ,’ उनले भने। वीरगन्जको सुक्खा बन्दरगाहकै मोडलमा वा अन्य कुन मोडलमा उद्घाटन र सञ्चालन गर्ने भनेर निर्णय हुन बा“की रहेको मिश्राले बताए। दुवै देशका प्रधानमन्त्री उपस्थित भएर वा स्विचबाटै उद्घाटन गर्ने भन्ने निर्णय गर्न बा“की रहेको उनले जानकारी दिए।

विराटनगरको आइसिपी सञ्चालन नहु“दा आयात–निर्यातकर्ताले विराटनगर नाकामा ट्राफिक जामलगायत विभिन्न खालका झन्झट बेहोर्नुपरेको छ। आइसिपी चा“डो सञ्चालन गरी विराटनगर नाकाको समस्या समाधान गर्न स्थानिय उद्योगी–व्यापारीले बारम्बार सरकारलाई आग्रह गर्दै आएका छन्। केही दिनअघि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वागतमा आयोजित कार्यक्रममा मोरङका उद्योगी, व्यवसायीले आइसिपी चा“डो सम्पन्न गर्न आग्रह गरेका थिए। जवाफमा राज्यमन्त्रीदुगडले आइसिपी उद्घाटन गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ल्याउन पहल गर्ने आश्वासन दिएका थिए।

भारतीय निर्माण कम्पनी दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फ्रा डटकम अहमदावाद परियोजनाले आइसिपीनिर्माण गरेको हो। आइसिपी सञ्चालनका लागि सबै किसिमका भौतिक पूर्वाधार तयार अवस्थामा छ। आइसिपीसम्म पुग्ने साढे चार किलोमिटर सडकसमेत निर्माण भइसकेको छ। आइसिपी परिसरभित्रका सडकपनि निर्माण भइसकेका छन्।

आइसिपी परिसरमा सिसी क्यामरा जडान, फर्निचरलगायतका सामान जडानको काम पनि सकिएको छ। भन्सार, क्वारेन्टाइन लगायत कार्यालयहरू आइसिपीमा स्थानान्तरणको तयारी भइरहेको इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले जनाएको छ।

नेपाल सरकारले २०७३ मंसिर २० गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेपछि चौकी निर्माण सुरु भएको थियो। एक सय २९ बिघा क्षेत्रफलमा बनेको जा“च चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था छ।

बिजुलीको सबस्टेसन, वे ब्रिजलगायत सुविधा आइसिपीमा उपलब्ध छ। जाँच चौकी सञ्चालनमा आएपछि भारत र तेस्रो मुलुकको आयात–निर्यात सहज, सरल र व्यवस्थित हुने आयात–निर्यातकर्ताको अपेक्षा छ। तत्कालका लागि आइसिपी ठूला मालबाहक ट्रक, लरीलगायत सवारी साधनलाई अनिवार्य गरिने छ। ठेला, रिक्सा, जस्ता सवारीका साधनबाट आयात हुने वस्तु भने पुरानै भन्सार कार्यालयबाट पनि जा“चपासको व्यवस्था गर्ने योजना  छ।

संरचना साँघुरो
विराटनगरको आइसिपीको पार्किङ,गोदामघर लगायत पूर्वाधार सा“घुरो भएको पाइएको छ। वाणिज्य सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा केही दिनपहिले आएको अनुगमन टोलीले आइसिपीका केही संरचनाको क्षमता बढाउनुपर्ने स्थिति रहेको जनाएको छ । आइसिपीको पार्किङ पाँच सय ट्रक अटाउने किसिमको बनाउनुपर्ने, गोदामघर १२ सय वर्गमिटरको बनाउनुपर्ने, जा“चपास कक्ष थप गर्नेलगायतपूर्वाधारमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको बोर्डका उप–निर्देशक मिश्राले बताए।‘आइसिपीमा केही पूर्वाधारको क्षमता बढाउनुपर्ने स्थिति देखिएको छ,’ उनले भने,‘आइसिपी हस्तान्तरण भएपछि नया“ टेन्डर गरेर पूर्वाधार थप गर्ने योजना बनाएका छौं।’

आइसिपीसम्म रेलसेवा सञ्चालनका लागि पूर्वाधार तयार रहे पनि तत्काल रेलबाट सामान आयात गर्ने अवस्था छैन। आइसिपीमा यात्रुका लागि रेलवे स्टेसन निर्माण भए पनि मालबाहक सवारीसाधनका लागि स्टेसन र गोदामछैन। रेलबाट आयात हुने सामान सिधै आइसिपीसम्म ल्याउन तत्काल सम्भव नभएको प्राविधिकहरूले बताउ“दै आएका छन्।

योआइसिपी भारत सरकारको लगानीमा निर्माण भएको हो। भारततर्फ तीन वर्षपहिले नै जा“च चौकी निर्माण भइसकेको छ। नेपालतर्फ मुआब्जा निर्धारणमा ढिलाइले  निर्माणमा पनि ढिलाइ भएको थियो। योआइसिपीबाट हाल रित्ता ट्रक मात्रै भारतजाने गरेका छन्।

प्रकाशित: १६ मंसिर २०७६ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App