coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

निकासी अनुदान बढाउन माग

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कूल ग्राहस्थ उत्पादन (जिडिपी) मा उद्योग क्षेत्रको योगदान बढाउन सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। नेपाल उद्योग परिसंघमा आइतबार उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा मन्त्री भट्टले निर्यात व्यापारमा वस्तुहरुको प्राथमिकीकरण तथा विविधीकरण गर्न मन्त्रालयले सहकार्य गर्ने बताए। यसैगरी कम्पनी दर्तालाई सहज बनाउन प्रक्रिया अघि बढिसकेको मन्त्री भट्टले जानकारी दिए।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्न थप प्रवद्र्धनात्मक नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे। उनले यसका लागि मूल्य अभिवृद्धिका आधारमा निकासी योग्य सबै वस्तुलाई अनुदान दिने व्यवस्था गर्न माग गरे। अहिले नेपालबाट निकासी हुने वस्तुमध्ये सीमित वस्तुलाई मात्र निकासीमा अनुदान व्यवस्था छ।

यसैगरी औद्योगिक व्यवसायलगायत अन्य ऐनले उद्योग तथा व्यवसायलाई दिएको सुविधा आर्थिक ऐनबाट कटौती नगर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे। निर्यातमा विविधीकरणका सन्दर्भमा निर्यात व्यापार प्रवद्र्धनका लागि बनाएको नेपाल व्यापार एकीकृत रणनीतिलाई प्रतिस्पर्धी क्षमताका आधारमा थप वस्तु समेट्ने गरी पुनरवलोकन गरिनुपर्ने माग पनि उनले गरे।

परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले कानुनलाई उद्योगमैत्री रुपमा सुधार गर्नुपर्ने, विद्युत्को गुणस्तर सुधानु पर्ने तथा दक्ष जनशक्ति उत्पादनमा लगानी बढाउनु पर्ने सुझाव दिए। अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायीले मूल्य अभिवृद्धिका आधारमा नेपालबाट निर्यात हुने थप वस्तुमा निकासी अनुदान दिने व्यवस्था मिलाउन आग्रह गरेका थिए। चालु वर्षको बजेटमा उद्योग व्यवसाय एवं निर्यात प्रवद्र्धनका लागि राखिएका केही महत्वपूर्ण र दीर्घकालीन महत्वका कार्यक्रम कार्यान्वयन तत्काल अघि बढाउन उद्योगी व्यवसायीले आग्रह गरेका थिए।

प्रकाशित: १६ मंसिर २०७६ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App