८ वैशाख २०८१ शनिबार
अर्थ

तलब भत्तामा मासिक पौने ४२ लाख खर्च

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले मन्त्री, प्रदेश सभाका पदाधिकारी, सदस्य र अन्यको गरेर पारिश्रमिक, आवास, सञ्चार, पानी, बिजुली, अतिथि सत्कारका लागि मासिक ४१ लाख ८५ हजार नौ सय ७० रुपैयाँ खर्च गर्दै आएको छ। यसमा उनीहरुको इन्धन खर्च भने जोडिएको छैन।

सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यले तलब, आवास, पानी बिजुली, सञ्चार र अतिथि सत्कारमा ७७ हजार रुपैयाँ सुविधा पाउँछन्। ३९ जना प्रदेश सभा सदस्यका लागि सरकारले वार्षिक तीन करोड ६० लाख ३६ हजार रुपैयाँ प्रदान गर्दै आएको छ।  मुख्यमन्त्रीले मासिक ७२ हजार नौ सय ७० रुपैयाँ सुविधा पाउँदै आएका छन्। यससँगै मुख्यमन्त्रीलाई मासिक आवश्यकता अनुसार इन्धन र पानी तथा बिजुलीको बिल अनुसारको भुक्तानी गर्ने सुविधा पनि सरकारले दिएको छ।

प्रदेशका मन्त्रीले तलब र अन्य सुविधासहित मासिक ९० हजार रुपैयाँ पारिश्रमिक लिँदै आएका छन्। मन्त्रीलाई मासिक दुई सय ५० लिटर इन्धन र पानी तथा बिजुलीको बिलअनुसारको सुविधा छुट्याइएको छ। सुदूरपश्चिम प्रदेशमा ६ मन्त्री छन्। ६ मन्त्रीको वार्षिक सेवा सुविधाबापत प्रदेशले ६४ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्दै आएको छ। एक जना राज्यमन्त्रीले मासिक ८१ हजार रुपैयाँ बुझ्छन्।

सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारीमध्ये सभामुखको मासिक पारिश्रमिकसहित अन्य सुविधा जोड्दा ९० हजार रुपैयाँ छ। त्यस्तै उप–सभामुखको मासिक खर्च ८१ हजार रुपैयाँ छ।

प्रकाशित: १३ मंसिर २०७६ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App