१६ चैत्र २०८० शुक्रबार
अर्थ

करबारे अन्यौल छन् व्यवसायी

गोरखा– गोरखाका व्यापारी व्यवसायीले राज्यलाई तिर्नुपर्ने ‘कर’ को विषयले अन्यौल बनाएको बताएका छन्। पटक–पटक फेरिने व्यवसाय सञ्चालनको ऐन नियमले समस्या भएको गुनासो उनीहरुको छ। आन्तरिक राजस्व कार्यालय दमौली तनहुँले गोरखाका व्यापारी व्यवसायीसँग गरेको छलफल कार्यक्रममा यहाँका व्यवसायीले गुनासो गरेका हुन्। मंसिर १ गतेदेखि सुरु भएको आठौँ कर सप्ताह अन्तर्गत सोमबार गोरखामा कार्यक्रम भएको हो।

कर किन, कसरी तिर्ने, सरकारको ऐन नियम, व्यवसायीलाई करको बारेमा रहेको अन्यौलत, कस्ता समस्या छ, भन्ने बारेमा आन्तरिक राजस्व कार्यालयले छलफल चलाएको थियो। कर संम्बन्धी अहिले फेरिएको नियम,  खरिद बिक्री खाता सञ्चालन, लेखापरीक्षण गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय तनहुँ दमौलीका प्रमुख सुर्यप्रसाद सेढाईले जानकारी गराएका थिए।  

जिल्ला समन्वय समितिको हलमा आयोजित करदाता शिक्षा तथा अन्तक्रिया कार्यक्रममा प्रमुख कोष नियन्त्रक नारायणदत्त शर्मा जिल्ला समन्वय अधिकारी यमेन्द्र उपाध्याय, उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, चेम्वर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठ लगायतले धारणा राखेका थिए। कर प्रणालीलाई व्यवसायी मैत्री बनाउन व्यवसायी संघ संस्थाका अगुवा र व्यापारीले अनुरोध गरे।

कर सप्ताहको अन्तिम दिन मंसिर ७ गते मनाङसहित चार जिल्लाबाट धेरै आयकर तिर्ने एक÷एक जना करदातालाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम रहेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ।

आन्तरिक राजस्व कार्यालय दमौलीले २०७५÷७६ मा पाँच अर्ब ३० करोड राजस्व संकलन गरेको थियो भने चालु वर्ष ८ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ। व्यवसायीक लेखा नम्बर लिनेहरुको संख्या बढेर हालसम्म ५६ हजार छ सय सात करदाता पुगेका छन्।

राजस्व असुलीको तथ्याङ्क र करदाताको दर्ता संख्या अनुसार कार्यक्षेत्र र जिम्मेवारी बढ्दो क्रममा रहेको राजस्व कार्यालय दमौलीका प्रमुख सेढाईले बताए। 

प्रकाशित: ३ मंसिर २०७६ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App