८ वैशाख २०८१ शनिबार
अर्थ

बोइङ बेच्न तेस्रोपटक बोलपत्र आह्वान

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बोलपत्र आह्वान गरेको छ। निगमले हाल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो।

निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ। यसअघि निगमले सो विमान८७ करोड ५१ लाख हजार दुई सय २० रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो। गत बुधबार निगमका कार्यकारी अध्यक्ष मदन खरेललेसन् २०२० को फेब्रुअरीसम्म मात्रै उक्त विमान उड्न सक्ने भन्दै छिटो बिक्री गर्नुपर्ने दबाब निगममाथि परेको बताए।

विमान मर्मतसम्भारका लागि धेरै रकम खर्च गर्नुपरेको जस्ता कारण देखाउँदै निगमले बोइङ –७५७बेच्ने प्रक्रिया जारी राखेको उनकोे भनाइ छ।

हाल जारी भएको सूचनामा २७ नोभेम्बरसम्मकोे समयसीमा तोकेर निगमले ५ हजार अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ बैंकमा जम्मा गरेर इच्छुक कम्पनीले बिक्री प्रक्रियामा सहभागी हुन सक्ने जनाएको छ। निगमले १० महिनादेखि ग्राउन्डेड उक्त जहाज बिक्रीका लागि पहिलोपटक गत असार ११ गतेबोलपत्र आह्वान गरेको थियो।

यसपटक इच्छुकले सुरुको तुलनामा ३९ करोड रुपैयाँ कममा उक्त जहाज किन्न पाउनेछ।

पहिले ४५ दिनको समय दिएर बोलपत्र आह्वान गरेको निगमले त्यसमा सहभागी तीनवटै कम्पनीले चाहेको मूल्य तिर्न तयार नभएपछि दोस्रोपटक भदौको पहिलो साता १५ दिनको समय राखेर पुनः बोलपत्र आह्वान गरेको थियो। दोस्रोपटक पनि निगमले अपेक्षा गरेअनुरुपको बोलपत्र परेन।

‘दोस्रोपटकको टेन्डरमा पनि निगमले सोचेअनुसार मूल्य पाएन,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘पहिले जारी गरेको बोलपत्रमा इजराइलीसहित तीन विदेशी कम्पनीले चासो देखाएका थिए। दोस्रोपटकको आह्वानमा पनि सोहीकम्पनीतथा अर्काे एक बेनामे कम्पनीले आवेदन दिए। तैपनि निगमले चाहेकोे मूल्य तिर्न तयार कोही आएन।’

अहिले दिएको छुटबाट भने विमान बिक्रीहुने अपेक्षा रहेको भन्दै उनले थपे, ‘छुटसहित भन्दापनि प्रत्यक्ष वार्ताको माध्ययबाट बिक्री प्रक्रियामा जाने निर्णय गरेका हौं।’

दुईपटक बोलपत्र आह्वान गर्दापनि प्रक्रिया पूर्ण नभएपछि निगम वार्तामार्फत लिलाम बिक्री प्रक्रियामा गएको उनको भनाइ छ।

प्रस्तावक इजराइली कम्पनी एबिएनले निगमलाई ८५ करोड १७ लाख रुपैयाँ दिन नसक्ने जनाएपछि जहाज बिक्री लागि बनेको उपसमितिले बोलपत्रसम्बन्धी प्रतिवेदन निगमका कार्यकारी निर्देशक मदन खरेलसमक्ष बुझाएको थियो।

उक्त प्रतिवेदनका आधारमा अध्यक्षले निणर्य लिने वा बोर्डमार्फत अन्तिम प्रक्रियामा जाने भन्ने प्रस्ट हुन नसक्दा जहाज बिक्री प्रक्रिया लम्बिँदै आएको थियो।

हालसम्म ८९ हजार घन्टा उडान भरिसकेको एक सय ९० सिट क्षमताको उक्त विमानमा दुईवटा रोल्सरोयस इन्जिन छन्।निगमले सन् १९८० मा अमेरिकी जहाज निर्माताबोइङ कम्पनीसँग उक्त विमान ऋणमा खरिद गरेको थियो।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App