१५ चैत्र २०८० बिहीबार
अर्थ

मेलुङमा आलु महोत्सव

दोलखा – आफ्नो गाउँपालिकाको मुख्य उत्पादन आलुको प्रवद्र्धन गरेर आत्मानिर्भर बनाउन जिल्लाको मेलुङ गाउँपालिकाले शुक्रबारदेखि आलु महोत्सव आयोजना गर्ने भएको छ।

यहाँको अर्गानिक र स्वादिलो आलुको प्रवद्र्धन गरी उत्पादनमा वृद्धि गर्न र कृषकलाई आत्मानिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको घ्याङसुकाठोकरमा शुक्रबार र शनिबार गरेर दुईदिने आलु महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए।

महोत्सवमा विभिन्न प्रकारका आलु र त्यसबाट बनेका परिकार चखाइने, उत्पादनमा प्रयोग गरिने आधुनिक प्रविधिबारे कृषकलाई जानकारी दिने, आलुसहित बेमौसमी तरकारीको स्टल राखेर प्रर्दशनी गरिने लगायत कार्यक्रम हुने गाउँ कार्यपालिकाका प्रवक्ता हिरा थोकरले जानकारी दिए।

मेलुङ गाउँपालिकाबाट मात्र वार्षिक एक करोडभन्दा बढी मूल्यबराबरको आलु निर्यात हुने गरेको अनुमन गरिएको छ। गाउँपालिकाको वडा नं २, ३, ४ र ५ अत्याधिक मात्रामा आलु उत्पादन हुने क्षेत्रमा पर्छन्।

प्रकाशित: ३० आश्विन २०७६ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App