१६ चैत्र २०८० शुक्रबार
अर्थ

खरिद बिल नदेखाउने कपडा व्यापारीमाथि कारवाही

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ।

बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थित श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच–पाँच हजार जरिवाना गरेको हो। ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरिद बिल लुकाएका थिए।

त्यसैगरी टोलीले ट्याङ्लाफाँटस्थित कीर्ति मिनी मार्ट र ब्रदर्श सेन्टरले म्याद सकिएको खाद्य सामग्री बिक्री गरेको पाइएपछि तत्कालै खान अयोग्य सामग्री फिर्ता गर्न लगाएको थियो। ती पसलका सञ्चालकलाई स्पष्टीकरण र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ। रासस

प्रकाशित: १६ आश्विन २०७६ १५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App