काठमाडौं – होटल तथा रिसोर्ट क्षेत्रमा प्रसिद्ध केजिएच होटल ग्रुपले साउथ एसिया ट्राभल्स अवार्ड (साटा) मा विभिन्न विद्यामा ६ वटा साटा अवार्ड पाएको छ।
साउथ एसियामा पर्यटन कनेक्टिभिटि रिलेशन विकास गर्ने उदेश्यले आयोजना हुँदै आएको उक्त अवार्ड प्रतियोगिता श्रीलंकाको राजधानी कोलम्बोमा हालै सम्पन्न भएको थियो।
होटल क्षेत्रमा पु-याएको सेवाको उच्च मूल्यांकन गर्दै साटाले केजिएच ग्रुपका कार्यकारी निर्देशक त्रिशाष्ग्नी शाक्य उक्त अवार्ड प्रदान गरेको केजिएच गु्रपले जनाएको छ। केजिएच गु्रपले विहिवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त गु्रपका संस्थापक कर्ण शाक्यले काठमाडौं गेष्ट हाउसको १३ वटा कोठाबाट शूरु गरेको होटेल यात्राबाट अहिले देश भर सात स्थानबाट ६ सय कोठा सहितको सेवा दिईरहेको जानकारी गराए।
नेपालको पर्यटनमा टेवा पु-याउने उदेश्यले आफु यो व्यवसायमा सक्रिय रहेको बताउदै उनले सात वटै होटललाई नेपालको परम्परा, धर्म, संस्कृति तथा हिमालसंग जोडेर सेवा दिईरहेको जानकारी गराए। ‘आफु पर्यटक हुँदामात्रै पर्यटकको महत्व बुझ्न सकिन्छ। ’ उनले भने ‘होटेललाई व्यवसायको रुपमा मात्रै नहेरेर उद्योगको रुपमा जोड दिन आवश्यक छ।’। आफु एक बन विज्ञपनि भएका कारण पनि पर्यटन र प्रक्रितिलाई समेटेर पर्यावरण मैत्री बनाउने प्रयास गरेको उनले बताए। अहिले पर्यटकले इको सिस्टममा रमाउने भएको कारण सोहि अवधारणमा आफ्नो कम्पनी अगाडी बढेको समेत उनले बताए। होटेल क्षेत्रमा प्रतिस्पर्धा हुन आवश्यक रहेको पनि उनको भनाई रहेको छ।
साटा अवार्डमा ६ देशका ४ सयभन्दा बढि होटलहरु नोमिनेशनमा परेको थिए भने नेपालबाट भने १७ होटल नोमिनेसनमा परेका थिए।
प्रकाशित: १० आश्विन २०७६ ०२:३६ शुक्रबार