७ वैशाख २०८१ शुक्रबार
अर्थ

गुणस्तर चिन्ह लिने उत्पादनको संख्या बढ्याे

काठमाडौं – नेपाल गुणस्तर चिन्ह लिने उद्योग तथा उत्पादन बढेका छन्। गत आर्थिक वर्षमा मात्र गुणस्तर तथा नापतौल विभागले ८३ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ।

विभाग गत वर्षका निवेदन दिएका थप ४५ र चालु आर्थिक वर्षमा २४ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह दिने प्रकृयामा रहेको विभागका महानिर्देशक विश्ववावु पुडासैनीले बताए।

गुणस्तर तथा नापतौल विभागले हाल सम्म नौ सय ४७ बस्तुको गुणस्तर निर्धारण गरेको छ। महानिर्देशक पुडासैनीले गुणस्तर निर्धारण नागरिकको स्वास्थ्य र सुरक्षामा सरोकार राख्ने बस्तु ,पदार्थ तथा प्रकृयालाई अनिवार्य गुणस्तर तोक्ने व्यवस्था गरेको र आर्थिक बर्ष ०७३÷०७४ देखी विदेशीवस्तुहरुमा पनि प्रमाणिकरणको व्यवस्था गरेको बताए।

विभागले १२ ओटा बस्तुमा नेपाल गुणस्तर अनिवार्य गरेको छ। जसमा सिमेण्ट (ओपिसी, पिएससी र पिपिसी), एलपि ग्याँस (सिलिन्डर, रेगुलेटर, भल्व), एलपी ग्याँस बोटल, कम्पोजिट ग्याँस र ट्युव, ड्राई सेल ब्याट्री, रड, जिआई वायर र पिभिसि केवलको उत्पादनमा गुणस्तर चिन्ह अनिवार्य छ। पुडासैनीका अनुसार विभागले हालसम्म तीन सय २८ उद्योगका चार सय ३५ फर्मले गुणस्तर चिन्ह प्रदान गरेको छ। जसमा चार सय ९ नेपाली बस्तु तथा उत्पादन र २६ विदेशीवस्तु छन्। विभागले १८ उद्योगलाई व्यवस्थापन प्रणाली प्रमाणिकरण (आइएसओ) प्रदान गरेको छ।

विभागका अनुसार नेपाल गुणस्तर प्राप्त गर्नेमा अधिकांश निर्माण सामाग्री छन्। हाल सम्म जसमा सिमण्ट एक सय ५२, एचडिपिइ र जिआई पाइप ६८,  पेन्टस् ४८, छड ३०, केवल तार ९, जिआई र ग्याल्बिन तार १५ र ४ जस्तापाताका उत्पादनले नेपाल गुणस्तर प्राप्त गरेका छन्। खाद्यान्न तर्फ बिस्कुट तीन, बनस्पति ध्यू १२, सोयाविन तेल १३, सन फ्लावर तेल पाँच र दुई तोरीको तेलका उत्पादनले गुणस्तर चिन्ह लिएका छन्। त्यस्तै चार पाउडर मसाला, पाँच आटा÷मैदा , एक चामल, चार चाउचाउ , दुध एक ,६ पानी र सात बियरका उत्पादनले गुणस्तर चिन्ह लिएर उत्पादन गरेका छन्। विभागले एलपि ग्याँससँग सम्बन्धित सिलिन्डर, रेगुलेटर र फिटिंग भल्वमा अनिवार्य गरेसँगै ३५ उत्पादनले गुणस्तर चिन्ह लिएको छन्। गुणस्तर चिन्ह लिनेमा दुई ड्राई व्याट्री, ७ वाटर ट्यांक, तीन प्रेसर कुकर, दुई प्लाइ उड, पोल्ट्री दाना, पेपर, सिरिन्ज, मस्क्युटो आयल र पावर ट्रान्सफर मेसिन एक/एक छन्।

प्रकाशित: ६ आश्विन २०७६ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App