८ वैशाख २०८१ शनिबार
अर्थ

तनहुँमा पर्यटकीय पदमार्ग निर्माण

तनहँ– जिल्लामा तीन वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भीमाद, व्यास र भानु नगरपालिकामा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको हो।

४२ लाखको लागतमा तीन हजार ५४५ मिटर दूरीको पदमार्ग निर्माण गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेलले जानकारी दिए। पदमार्ग निर्माण सम्पन्न भएपछि स्थानीय जनता र पर्यटकलाई आवतजावतमा सुविधा पुगेको पौडेलले बताए।

पदमार्ग निर्माणका लागि प्रदेश सरकारले ३३ लाख रुपैयाँ सहयोग गरेको थियो भने स्थानीय उपभोक्ताले आठ लाख ९७ हजार लागत सहभागिता व्योहोरेका थिए। भीमाद नगरपालिका–९ स्थित धन्दुरदेखि इकोपार्कसम्मको तीन हजार मिटरको पदमार्ग रु १९ लाख १८ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ।

पदमार्ग निर्माणका लागि प्रदेश सरकारको १४ लाख २९ हजार र स्थानीयवासीको चार लाख ८९ हजार रुपैयाँ लगानी भएको छ । उक्त पदमार्गबाट १३५ घरधुरी लाभान्वित भएका छन्। व्यास नगरपालिका–५ स्थित पराशर क्षेत्रमा २५० मिटरको पदमार्ग १० लाख ३४ हजार रुपौयाँको लागतमा निर्माण गरिएको छ।

पदमार्ग निर्माणका लागि प्रदेश सरकारको नौ लाख २९ हजार र स्थानीयको एक लाख पाँच हजार खर्च भएको छ। पदमार्गबाट ३५० घरधुरी लाभान्वित भएका छन्।

भानु नगरपालिका–१२ र १३ स्थित बयापानी भञ्ज्याङदेखि कोटकाली भयरथान हुँदै मिर्लुङकोट जाने २९५ मिटर पदमार्ग १२ लाख ५५ हजार रुपौयाँमा निर्माण सम्पन्न भएको छ।

पदमार्गका लागि प्रदेश सरकारको नौ लाख ५२ हजार र स्थानीयवासीको तीन लाख तीन हजार लगानी भएको छ। भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले पदमार्ग निर्माण भएसँगै स्थानीयवासीलाई हिँडडुलमा सुविधा पुगेको जानकारी दिए। रासस

प्रकाशित: २ आश्विन २०७६ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App