१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा गिरावट जारी

काठमाडौं– नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचकमा तीन दशमलव ४६ अंकले गिरावट आएको छ। बुधबार १ हजार १६६ दशमलव ६७ अंकबाट सुरु भएको कारोवार अन्तिम समयमा आएर ११६३ दशमलव २१ अंकमा बन्द भएको हो। 

साताको सुरुदेखि नै ओरालो लाग्ने क्रमममा रहेको सेयर बजारका ११ उप–सूचक मध्ये म्युचल फन्डमा मात्रै सुधार देखिएको छ। म्युचल फन्डमा शून्य दशमलव शून्य दुई अंकले सुधार आएको हो। बुधबार ३४ करोड १७ लाख ४५ हजार एक सय छत्तिस रुपैयाँका १५ लाख ३ हजार  ९ सय २८ कित्ता सेयर किनबेच भएका छन्। 

कारोबारमा निर्जीवन बिमा कम्पनीमा उच्च गिरावट आएको छ। उक्त उप–सूचकमा ४९ दशमलव शून्य तीन अंकको गिरावट आएको हो। यता होटेल, जीवन विमा कम्पनी र माइक्रो फाइनान्समा क्रमश ३४ दशमलव ८४, ३१ दशमलव ४७  र ५ दशमलव ८१ अंकले गिरावट आएको छ। यता विकास बैंक समूहमा ४ दशमलव ७८, बैंकिङमा एक दशमलव ७५, प्रशोधन तथा उत्पादन समूहमा ८ दशमलव ६६ अंकले र अन्य समूहमा भने शून्य दशमलव ३२ अंकले गिरावट आएको छ। 

प्रकाशित: २५ भाद्र २०७६ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App