१६ चैत्र २०८० शुक्रबार
अर्थ

ओली र मोदीले पाइपलाइन उद्घाटन गरेसँगै पेट्रोलिम पदार्थको मूल्य घट्यो

काठमाडौँ- भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबादबाट एकैसाथ स्वीच थिचेर बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ। 

नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको हाे।     

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १ सय ७ रुपैयाँ कायम भएको छ।     

निगमले आजैदेखि भारतबाट पाइपलाइन मार्फत इन्धन भित्रयाउँदै छ। पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ।रासस

प्रकाशित: २४ भाद्र २०७६ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App