काठमाडौं – नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ २०६० सालमा सुरु कृति अवार्डको ११औं संस्करण ‘नेपाल आइस ११औंं कृति अवार्डस् २०७६’ सम्पन्न भएको छ।
नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटनमा बोल्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा क्लिन फिड लागू भइसकेको परिप्रेक्ष्यमा कार्यान्वयनका लागि सरोकारवालासँग समन्वय गरी नियमावली र कार्यविधि निर्माण गर्न सरकार प्रतिबद्ध रहेको जनाएको जारी विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा ३१ विधाका उत्कृष्ट विज्ञापनलाई अवार्डसहित सम्मान गरिएका छ।
यसपटकको कृति अवार्डको मुख्य प्रायोजक नेपाल आइस, पावर्ड बाई सिजी सिमेन्ट, इन एसोसिएसन विथ नेपाल टेलिकम थियो। साथै बैंकिङ पार्टनरको रुपमा मुक्तिनाथ विकास बैंक र अन्य प्रायोजकमा कृषि विकास बैक, नेपाल मेडिसिटी हस्पिटल, हिमाल रेमिट, यति कार्पेट, सेफ्ट हाइजिन, जेबी टेलर्स, नेपाल टुरिजम बोर्ड र सोल्टी होटललाई सम्मान–पत्र दिइएको थियो । ३१ विधाको अवार्डका लागि ६१ एजेन्सीले सहभागिता जनाएकोमा विभिन्न एजेन्सीले पुरस्कार पाएका छन्।
प्रकाशित: १६ भाद्र २०७६ ०१:४७ सोमबार