२१ असार २०७७ आइतबार
अर्थ

साप्सुखोला पुल अन्तिम चरणमा

साप्सु खोला पुल। फाइल तस्बिर/नागरिक

खोटाङ – खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अलपत्र परेको यो पुलको काम ठेकेदारको प्रतिनिधि फेरेर अन्तिम चरणमा पु-याइएको हो।

म्याद गुज्रिएको १५ महिना बित्दासमेत निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीका श्याम पोखरेलले पुल निर्माणको काम पूरा गर्ने छाँट नदेखाएपछि २०७५ चैतमा दोभान निर्माण सेवाका सञ्चालक सुरज बस्नेतलाई कामको जिम्मा दिइएको थियो। २०७३ मंसिर २२ मा शिलान्यास गरिएको पुलको हाल रङरोगनबाहेक काम पूरा भएको दोभान निर्माण सेवाका सञ्चालक बस्नेतले बताए। ‘पुलको काम ९९ प्रतिशत सकिएको छ,’ उनले भने, ‘रङरोगनको काम मात्र बाँकी छ। मौसमले साथ दियो भने केही दिनमै सकिन्छ।’

१८ महिनाभित्र पूरा गर्ने गरी २०७३ वैशाखमा ठेक्का लिएको गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले पुलको लफ्याङतर्फको पिलर ठड्याउन मात्र वर्षौं लगाएपछि गाउँपालिका अध्यक्ष अर्जुन खड्काको दबाबमा पहिलो ठेकेदार प्रतिनिधिको ठाउँमा दोसो प्रतिनिधि राखेर बाँकी काम पूरा गरिएको हो।

प्रकाशित: ३ भाद्र २०७६ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App