१६ चैत्र २०८० शुक्रबार
अर्थ

'लगानीका लागि नेपाल उपयुक्त'

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले संयुक्त अरब इमिरेट्सलाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको बताएका छन्।

अर्थ मन्त्रालयमा बिहीबार संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदास अलनाकवी बीचको शिष्टाचार भेटवार्तामा अर्थमन्त्री खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताएक हुन्।

भेटका अवसरमा अर्थमन्त्री खतिवडाले अरबसँग भएको स्रोत नेपालमा लगानीका लागि अवसर सम्भव भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे। नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकास, पर्यटन, कृषिजस्ता क्षेत्रमा प्रतिस्पर्धी लगानीको उपयुक्त वातावरण भएको उनले बताए। उनले अरबमा नेपालको ताजा तरकारी, फलफूल, हिमालयनको पिउने पानीलगायत वस्तुलार्ई नेपालले प्राथमिकतामा राखेर निर्यात गर्न सकिने स्पष्ट पारे।

मन्त्री खतिवडाले नेपालमा पर्यटन वर्ष २०२० बनाउन लागिएको सन्दर्भमा अरबका अर्थमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै अरबी नागरिकलाई राजदूतमार्फत निमन्त्रणा सन्देश पठाई नेपाल भ्रमणमा आउन आग्रह गरे।

नेपालका अर्थमन्त्रीलाई संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि त्यहाँका अर्थमन्त्रीको निमन्त्रणा रहेको बताउँदै राजदूत अलनाकवीले नेपालको हवाई सेवा तथा अन्य क्षेत्रमा लगानी आकर्षित गर्न दोहोरो कर मुक्ति सम्झौता गर्न आवश्यक भएको बताए। राजदूतको जिज्ञासाप्रति मन्त्री खतिवडाले नेपाल त्यसका लागि छलफल गर्न खुल्ला भएको भन्दै प्रक्रिया अगाडि बढाउन तयार भएको स्पष्ट पारे।

राजदूतदले नेपाललाई आर्थिक साझेदारीको रुपमा व्यापार सहजीकरणका लागि विशेष सुविधा उपलब्ध गराउन तयार भएको जानकारी गराए। अरब सरकारले नेपालमा पाँचवटा सुक्खा बन्दरगाहा बनाउन इच्छा व्यक्त गरेको समेत राजदूतले बताए।  भेटमा दुई देशबीचको द्विपक्षीय पारस्परिक सम्बन्ध अझैं प्रगाढ र बलियो बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App