४ वैशाख २०८१ मंगलबार
अर्थ

युवा विदेश पठाउने कन्सल्टेन्सीमा छापा

काठमाडौं – सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको छ।

विभागका महानिर्देशक भिष्मकुमार भुसालका अनुसार उक्त कन्सल्टेन्सीले युरोपका विभिन्न देशमा युवालाई विभिन्न काममा पठाउन अन्तरवार्ता लिइरहेको पाइएपछि छापा मारिएको हो। वैदेशिक रोजगार ऐनका अनुसार कुनै पनि कन्सल्टेन्सीले युवालाई रोजगारीमा विदेश पठाउन मिल्दैन।

विभागले कानुन विपरित काम गर्ने कन्सल्टेन्सी संचालक,  कागजात र कम्प्युटर जफत गरेको जनाएको छ। केही दिनयता शैक्षिक परामर्शदाताको रूपमा दर्ता भएका कन्सल्टेन्सीले मोटो रकम लिई युवालाई विदेश पठाउन धन्दा चलेको छ।

प्रकाशित: २८ श्रावण २०७६ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App