६ वैशाख २०८१ बिहीबार
अर्थ

'व्यापार घाटा चुलिँदै जानु देशका लागि राम्रो होइन'

काठमाडाैं– उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि, पर्यटन र जलविद्युत क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय अभियानलाई साकार बनाउनुपर्नेमा जोड दिएका छन्।

उपराष्ट्रपति पुनले कृषि, पर्यटन र जलविद्युत क्षेत्रको विकास गरेर मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न सरकारको पनि ध्यानाकर्षण गराए। २५ औं कार्गो दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले छिट्टै समृद्धि हासिल गर्ने लक्ष्य प्राप्तीका लागि सरकारले मुलुकमा रहेका प्राकृतिक स्रोतहरुको उचित परिचालन गर्नुपर्ने आवश्यक्ता पनि र्औल्याए।

उपराष्ट्रपति पुनले खरबौंको व्यापार घाटालाई कम गर्न निर्यात व्यापारलाई बढाउनुपर्ने र त्यसका लागि विश्वकै नमूना योग्य उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने पनि स्पष्ट पारे।

प्रकाशित: १३ श्रावण २०७६ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App