७ वैशाख २०८१ शुक्रबार
अर्थ

ओखलढुंगामा ३५ प्रतिशत रोपाइँ

ओखलढुंगा – ओखलढुंगामा मध्य साउन लाग्दा करिब ३५ प्रतिशत रोपाइँ सकिएको छ। लामो समयको खडेरीपछि पानी परे पनि मूल नफुटेका कारण रोपाइँ ढिला भएको भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ। अधिकांश आकासे पानीको भरमा धान रोपाइँ हुने खेतमा रोपाइँ हुन बाँकी छ।

खडेरीकै कारण मध्य साउन लाग्दा मात्र ३५ प्रतिशत खेतमा रोपाइँ भएको बाली संरक्षण अधिकृत हेमआले मगरले बताए। अघिल्ला वर्षमा यो समयमा अधिकांश खेतमा रोपाइँ सकिएका हुन्थे। धान ढिलो रोप्दा उत्पादनमा कमी आउने कृषि प्राविधिक बताउँछन्।

यो वर्ष ढिलो वर्षा भएका कारण धान रोप्न ढिलो भएको लिखु गाउँपालिकाका–६ का योगहरि भट्टराईले बताए। केही साता अघिदेखि पानी परेपनि खोला खोल्सामा अझै मुल नफुटेका कारण धेरै ठाउँमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका कृषि प्राविधिक टिका बानियाँले बताए। जिल्लाका अधिकांश खेतमा पानी अभावकै कारण रोपाइँ हुन नसकेको उनको भनाइ छ। जिल्लाभर ६ हजार दुई सय ५० हेक्टरमा धान खेती गरिने  कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ।

जिल्लाको मोलुङ खोला किनार आसपासका क्षेत्र, हर्कपुर जरायोटार, रामपुर, टारकेराबारी, टोक्सेल, कुइभिर, लिखुनदी किनार आसपासका क्षेत्र गाम्नाङटार, शेराबेंसी र सिल्खुबेंसी मुख्य धान खेती गरिने क्षेत्र हुन्। यहाँ अधिकांश क्षेत्रमा धान रोपाइँ हुन बाँकी छ।

प्रकाशित: १२ श्रावण २०७६ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App