४ वैशाख २०८१ मंगलबार
अर्थ

प्यान नम्बर लिने २२ लाख भन्दा बढी

काठमाडौं– सरकारले अनिवार्य स्थायी लेखा नम्बर प्यान लिनुपर्ने नियम बनाएको छ। आर्थिक विधेयक अनुसार सरकारी, गैरसरकारी र निजी सबै संस्थाले तलब बैंकिङ प्रणाली मार्फत नै दिनुपर्ने व्यवस्था गरेको छ। बैंकमार्फत तलव लिँदा र दिँदा प्यान अनिवार्य रुपमा आवश्यक छ। सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागिसमेत सरकारले स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेको हो। प्यान नम्बर नलिएको खण्डमा तलब रोक्का गरिने व्यवस्था समेत रहेको छ।

हालसम्म प्यान नम्बर लिनेको संख्या २२ लाख नाघेको आन्तरिक राजश्व विभागले जनाएको छ। यो सँगै गत जेठ १५ गतेदेखि हालसम्म झण्डै १ लाख २५ हजार जनाले प्यान लिइसकेको आन्तरिक राजश्व विभागका प्रवक्ता यज्ञ प्रसाद ढुँगेलले बताए। उनका अनुसार दिनहुँ ४ देखि ५ हजार जनाले प्यान लिन आउने गरेका छन्। उक्त प्यान नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने भएकोले आफ्नो व्यवसाय गर्न र व्यवसायसँग सम्बन्धित राजस्व दाखिला गर्न यो प्यान लिएपछि सहज हुने भएकोले प्यान लिन आवश्यक भएको पनि उनले भने।

आर्थिक विधेयक मार्फत केही व्यवस्थाहरु परिवर्तन गरिएको छ। त्यसै अन्र्तगत प्यानमा कडाइ गरिएको हो। जसमध्ये श्रमिकले प्यान नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था लागू गरिएको हो। सो अनुसार १ हजार रुपैयाँ भन्दा बढीको कारोबार गर्दा अनिवार्य प्यान मार्फत् गर्नुपर्ने सरकारी व्यवस्थामा समेत परिवर्तन भएको छ। आर्थिक विधेयकमा तलब दिँदा प्यान नम्बर नभएका कर्मचारीलाई दिँदा खर्च कट्टी गर्न नपाउने उल्लेख सो विधेयकमा गरिएको छ। अर्थिक विधेयकमा भएको संशोधनले प्यान बिना दिएको तलबलाई खर्चमा उल्लेख गर्न नपाउने व्यवस्था गरेको हो। अबदेखि कुनैपनि कम्पनी तथा फर्मले कर्मचारीलाई तलब बैंक खाता मार्फत दिनुपर्नेछ। र त्यसमा प्यान नम्बर अनिवार्य उल्लेख भएको हुनुपर्ने। यसरी प्यान नम्बर उल्लेख भएपछि व्यक्तिले बुझेको पारिश्रमिकमा कति कर तिरेको छ त्यसको यकिन जानकारी सरकारलाई हुन्छ। रोजगारदाताले हरेक महिना यसरी कर्मचारीलाई दिएको तलबसँगै उनीहरुको प्यान नम्बर राखेर कर तिर्नुपर्ने हुन्छ।

सो प्यान लिनका लागि मानिसहरुको उत्साहजनक रुपमा सहभागिता भइरहेको छ। प्यान नम्बर लिँदा अनलाईनबाट पनि लिन सक्ने व्यवस्था मिलइएको छ। आफु नजिकको अनुकुल पर्ने जुनसुकै राजश्व कार्यालयबाट प्यान लिन सक्ने सुविधा विभागले गरेको छ। यो सँगै छिोटो भन्दा छिटो सबैलाई प्यान लिन आग्रह समेत गर्छन् प्रवक्ता ढुँगेल। आफुहरुले प्यान लिन आउने सबैलाई छिटो छरितो होस् भन्नका लागि सहजीकरण गर्दै आएको उनले बताए।

 

प्रकाशित: ९ श्रावण २०७६ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App