२९ असार २०७७ सोमबार
अर्थ

मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंक र लघुवित्तलाई सहुलियत

काठमाडौं-  चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ।  मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले सर्वसाधारणलाई बैंकिङ पहुँच बढाइने बताए। मौद्रिक नीतिमा सुनलाई निक्षेपको रुपमा बैंकमा राख्न सकिने व्यवस्था गरिएको छ। बैंकहरुले कर्जा निक्षेपको अनुपाल ४. ४ प्रतिशतमा ल्याउनु पर्ने भएको छ।  यस्तै बैंकको शाखा विस्तारको लागि राष्ट्रबैंकको स्वीकृत लिन नपर्ने व्यवस्था गरिएको छ।

२०७७ असार मसान्त भित्र मर्ज हुने बैंकलाई थप सहुलियत दिने र मर्जरमा जाने लघुवित्तलाई पनि सहुलियत दिने नीति लिइएको छ। नेपालका बैंक वित्तिय संस्थाको विदेशमा शाखा खोल्ने नीतिगत व्यवस्था गरिने समेत बताइएको छ।

यस्तै बाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र निष्कासन गर्नु पर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले यसलाई अनिवार्य गरेको हो।

पूर्वाधार विकास बैंकले समेत प्रत्येक साउन मासान्त भित्र आफ्नो कार्ययोजना राष्ट्र बैंकलाई पेश गर्नु पर्ने भएको छ। इन्टरनेटबाट भुक्तानी सेवालाई प्रोत्साहन गरिएको छ।  प्रमुख पर्यटकीय स्थानमा छुट्टै काउन्टर खोली बैंकले विनिमय सेवा दिन सक्ने व्यवस्था गरिएको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित: ८ श्रावण २०७६ १६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App