१५ चैत्र २०८० बिहीबार
अर्थ

नयाँ पदमार्ग निर्माण गर्न अध्ययन

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले नयाँ पदमार्गको अध्ययन गरेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै पदमार्गको अध्ययन गरिएको हो।

अध्ययन अनुसार यो पदमार्गबाट रसुवाको मैलुङ हुँदै हाकु, गत्लाङ, जार्सा, खुर्पु, जयश्वरी कुण्ड, डिल्पो कुण्ड, सान्जेन हिमाल बेस क्याम्प भएर चिलिमेको तातोपानी पुग्न सकिने छ। सान्जेन उपत्यका, सान्जेन हिमाल र तातोपानी यस क्षेत्रको आकर्षण हुन्।

गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरूको पहिचान गर्ने तथा पर्यटकको आगमन बढाउन नयाँ पदमार्गको अध्ययन गरिएको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए। साथै गाउँपालिकाले तिरु, हाकु हुँदै गत्लाङ जाने तथा हाकुबेसी, ठूलोहाकु हुँदै गत्लाङ जाने तामाङ सम्पदा मार्गको पनि अध्ययन गरेको छ।

पर्यटकीय क्षेत्रको अध्ययन गरेर पर्यटन प्रवद्धनको कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ। नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोही संघ, गणेश हिमाल पर्यटन बोर्ड, हाइलाइटस टुरिजम डकुमेन्ट्री लिडर तथा म्याप हाउसको प्रतिनिधिको सहभागितामा ग्रामीण पर्यटन तथा वातावरणीय शिक्षा समाज नेपाल रसुवाले अध्ययन गरेको हो।

यसका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो। अध्ययन टोलीले सान्जेन हिमालको फेदमा डिल्पो कुण्ड पत्ता लगाएका छन्। यस पदमार्गमा होटलहरू सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २६ असार २०७६ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App