१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

वर्षा नहुँदा खेत बाँझै

खोटाङ – पानी नपर्दा खोटाङका अधिकांश स्थानका किसानले रोपाइँ गर्न सकेका छैनन्। असार बित्न लाग्दासम्म जिल्लाका अधिकांश खेत बाँझै छन्। प्रायः असार २५–२६ मा मैजारो भइसक्ने दिक्तेलमा यसपालि दुई प्रतिशत मात्र रोपाइँ भएको स्थानीय कोलेबारी कृषि सहकारीका अध्यक्ष गोपालचन्द्र आचार्यले बताए।

सिमसार र बाह्रैमास नसुक्ने पानीको मुहान भएका खेत बाहेक अन्य खेतमा रोपाइँ हुन सकेको छैन। बेलामा रोपाइँ नहुँदा धानको बीउ छिप्पिसकेको छ। महिना दिनभित्र रोप्नुपर्ने बीउ फुल्ने अवस्थामा पुगेको आचार्यले बताए।

हप्ता १० दिनभित्र पनि पर्याप्त वर्षा भएन भने धान रोप्ने समय घर्किन खतरा छ। बेलैमा रोप्न नपाउँदा यस वर्ष धान उत्पादन घट्ने निश्चित भएको विज्ञ बताउँछन्।

हालसम्म जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करिब १० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए।

प्रकाशित: २६ असार २०७६ ०३:३१ बिहीबार

खोटाङ पानी_नपर्दा खेत_बाँझै