coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्र लगानी बढाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन्। मंगलबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरुले रोजगारीको अवसर सृजना गर्ने तथा गरिवी निवारण हुने क्षेत्रमा पनि लगानी बढाउनुपर्ने स्पष्ट पारे।

गभर्नर नेपालले निक्षेपकर्ताहरुको हितलाई नहेरी नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न नसक्ने पनि स्पष्ट पारे। उनले व्यापारीहरुले निक्षेपकर्ताहरुलाई मर्कामा पर्ने गरी ब्याजदर कायम राख्न दबाब दिन नमिल्ने तर्क पनि गरे।

प्रकाशित: २४ असार २०७६ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App