coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अनियमितताको आरोपमा सहकारीमा तालाबन्दी

सहकारीमा ताला लगाउँदै अध्यक्ष प्रमिला सुनार ।

दुलेगौँडा(तनहुँ)– यहाँको एक सहकारीमा अनियमितताको आरोपमा सञ्चालक समिति र शेयर सदस्यले छानविनको माग गर्दै ताला लगाएका छन्। शुक्लागण्डकी–७ भोटेपानीस्थित सुखदुःख सहकारी संस्थामा म्यानेजर कोपिला पौडेल र सल्लाहाकार संयोजक तुलसी पौडेलले आर्थिक हिनामिना गरेको आरोपमा तालाबन्दी गरिएको हो। पौडलद्वय सहोदर दाजुबहिनी हुन्। 

म्यानेजर पौडेलले ४१ लाख रुपैयाँ विनोधितो सल्लाहाकार समेत रहेका आफ्नै दाजु पौडेललाई लगानी गरेको अध्यक्ष प्रमिला सुनारले बताइन्। ‘ऋण समितिको निर्णय नभइकन विनाधितो लगानी गरेको पाइयो’, उनले भनिन्, ‘अनियमितता भएको थाहा पाएपछि रकम फिर्ता भयो। अझै १ लाख ७० हजार रुपैयाँ फिर्ता भएको छैन।’ उनले कीर्ते कागजात तयार पारेर हिसाब मिलान गर्ने गरेको आरोप लगाइन्। आफूले हिसाब माग्दा आर्थिक प्रलोभन देखाउने गरेको बताइन्। 

कीर्ते हस्ताक्षरसहित साधारणसभाको निर्णय गराएर शेयर सदस्य थप गर्ने गरेको, बैंकमा मौज्दात रकम झिक्ने, आफूहरुलाई निर्णय पुस्तिका हेर्न नदिने, कर्मचारीले मनोमानी गर्ने गरेको शेयर सदस्यहरुले आरोप लगाएका छन्। सत्यतथ्य छानविन भएर हिसाब नबुझाएसम्म सहकारी सञ्चालन नहुने उनीहरुको भनाई छ। 

ताला लगाइए पनि सहकारीका सक्कली कागजात पौडेलद्वयको कब्जामा रहेको छ। सञ्चालक समिति र शेयर सदस्यले छानविनको माग गर्दै नगरपालिकामा उजुरी  दिएका छन्।

पौडेलद्वय दाजुबहिनीले भने आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन्। आफूहरुले निर्दोष रहेको म्यानेजर पौडेलले बताइन्। उनले सञ्चालक समितिलाई हिसाबकिताबको ज्ञान नहुँदा आफूहरुलाई आरोप लगाएको बताइन्। ‘कुनै बदमासी गरिएको छैन्, सञ्चालक समितिले दिएको अधिकार अनुसार काम गरेका छौं’, उनले भनिन्। 

२०६८ सालमा स्थापित सहकारीमा ५२ जना शेयर सदस्य छन्। शेयर पुँजी ४१ लाख रुपैयाँ रहेको छ। तीन जना कर्मचारी कार्यरत छन्। 

प्रकाशित: १९ असार २०७६ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App