८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटक प्रहरी मोबाइल एप सञ्चालन

काठमाडौं - पर्यटकको सेवा सुविधालाई ध्यानमा राख्दै पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले पर्यटक प्रहरी मोबाइल एप्लिकेसन तथा ठमेलमा महानगरीय पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। पर्यटन विभाग, नेपाल टुरिज्म बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय र वडा नं २६ ठमेलसँगको सहकार्यमा पर्यटक प्रहरी सूचना केन्द्र तथा पर्यटन विभागको आर्थिक सहयोगमा एप्स सञ्चालनमा ल्याइएको हो।

एप्सले फोनको टावरले काम नगरेको समयमा पनि इन्टरनेट सर्भरको माध्यमबाट पर्यटकलाई आवश्यक सहयोग पु¥याउने जनाइएको छ। भ्रमण वर्ष २०२० को पूवाद्र्धमा सञ्चालनमा ल्याइएको उक्त एप्समार्फत पर्यटकले आफ्ना गुनासा तथा समस्यासँगै आवश्यक जानकारी लिनसक्ने पर्यटन प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अम्रित बहादुर बस्नेतले बताए।
उक्त एप्समार्फत नेपाल आएका पर्यटकको तथ्यांक राख्ने, पर्यटकका समस्याबारे नजिकै रहेको प्रहरीसँगको समन्वयमा उद्धार तथा सहयोग गर्न सकिने पनि उनको भनाइ छ। एन्ड्रोइड मोबाइलको गुगल प्लेमा गएर एप्स डाउनलोड गर्न सकिने उनले जानकारी दिए।

एप्सको माध्ययमबाट आफूलाई परेका समस्या समाधानका लागि पर्यटन प्रहरी एकाइसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको उनले बताए। ‘लामो समयदेखिको प्रयास आज सफल भएको छ। पर्यटक ठगिने, दुव्र्यवहारमा पर्ने तथा सामान हराउने समस्या न्यूनीकरण गर्न एप्समार्फत पर्यटक प्रहरी अझ सक्रिय भएर लाग्ने छ,’ बस्नेतले भने। उक्त एपमार्फत देशभरका आफ्ना २७ शाखासँग सूचना प्रवाह गरी पर्यटकलाई आवश्य सूचना तथा सेवा प्रदान गरिने बस्नेतले जानकारी दिए।

त्यस्तै धेरै पर्यटकको भिडभाड हुने ठमेल क्षेत्रमा सञ्चालनमा आएको सूचना केन्द्रले पर्यटकको हित र सुरक्षामा विशेष भूमिका खेल्ने उनको विश्वास छ। सूचना केन्द्रमार्फत पर्यटकको पछि लागेर फाइदा लिन खोज्ने तथा चोरी डकैतीका घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताए।

त्यस्तै, प्रहरी अतिरिक्त महानिरिक्षक शैलेश थापा क्षेत्रीले साधनको विकाससँगै प्रविधिमैत्री प्रहरी आजको आवश्यकता रहेको बताए। सूचन केन्द्र तथा एपको सहयोगले पर्यटकको नेपाल बसाइँ सुरक्षित तथा सहज बनाउन महŒवपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।

त्यस्तै, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपाल आउने पर्यटकको सुरक्षा तथा आवश्यक सेवामा पर्यटक प्रहरीले पु-याउँदै आएको कामको खुलेर प्रशंशा गरे।

प्रकाशित: १९ असार २०७६ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App