१६ चैत्र २०८० शुक्रबार
अर्थ

क्यान महानिर्देशकमा पोखरेल

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले  प्राधिकरणका उपमहानिर्देशकलाई चारवर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको कार्यकाल गत जेठ १४ गते सकिएपछि रिक्त रहेको पदमा पोखरेललाई नियुक्त गरेको हो।

पोखरेलले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। तत्कालीन हवाई विभागबाट प्राविधिक अधिकृतका रूपमा सेवा प्रवेश गरेका पोखरेल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन कार्यक्रमका राष्ट्रिय संयोजकको जिम्मेवारी पूरा गरेका छन्।

प्रकाशित: १६ असार २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App