coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल भ्रमण वर्षको ब्रान्ड सार्वजनिक

काठमाण्डौं – सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को ब्रान्ड सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त ब्रान्ड सार्वजनिक गरिएको हो।

सार्वजनिक ब्रान्डमा नेपालको संस्कृति र जीवनशैली झल्किने सेता अक्षरमा नेपाल र नेपालमाथि रातो रङको टीका छ। इमेज आर्कले तयार पारेको उक्त ब्रान्डले भ्रमण वर्षमा पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा छ। भ्रमण वर्षलाई लाइफ टाइम एक्सपेरियन्सको रुपमा लिँदै ब्रान्डले पहेँलो र रातो रङलाई मुख्य प्राथमिकता दिइएको छ।

कार्यक्रममा म्यारी आन्जे सिल्भियनले पर्यटन वर्षका लागि तयार पारेको उक्त ब्रान्ड विमानस्थल, बस, ट्याक्सीदेखि प्रतिक्षालयसम्म राखिने जनाइन्। भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले संस्कृति, परम्परा र दैनिक जीवनशैली प्रतिबिम्बित गर्ने रातो र पहेँलो रंग भएकाले यी रंगमार्फत डिजाइन गरिएको जनाए।

पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटन देश विकासको मुख्य आधार भएको जनाउँदै यो क्षेत्रको विकास गर्न  पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित भएको बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, गौतमबुद्ध, पोखरालगायत विमानस्थल निर्माणलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ,’ उनले भने। पर्यटन वर्षको लोगो भने पहिले नै सार्वजनिक भइसकेको छ।

प्रकाशित: १५ असार २०७६ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App