८ वैशाख २०८१ शनिबार
अर्थ

किसानलाई प्लास्टिक टनेल

दिक्तेलका किसानलाई प्लास्टिक टनेल वितरण गरिँदै। तस्बिर: दमन राई/नागरिक

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका किसानलाई प्लास्टिक टनेल वितरण गरिएको छ। व्यावसायिक तरकारी खेतीतर्फ प्रोत्साहित गर्न वडा कार्यालयले दिक्तेलका ६० किसानलाई प्लास्टिक टनेल वितरण गरेको हो।

मौसमी तथा बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि विनियोजित तीन लाख ६० हजार बजेटबाट प्लास्टिक टनेल खरिद गरेर किसानलाई वितरण गरिएको वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए। वडा कार्यालयमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख रमेश परियार, वडाध्यक्ष आचार्य, वडा सदस्य प्रकाश श्रेष्ठ, बैजनाथ रिजाल लगायतले अगुवा किसानलाई प्लास्टिक टनेल हस्तान्तरण गरेका हुन्।

प्लास्टिक टनेलभित्र घर–घरमा गोलभेंडा, खुर्सानी, फर्सीलगायत तरकारी उत्पादन गरी किसानको आयआर्जनमा टेवा पु-याउन प्लास्टिक टनेल वितरण गरिएको वडाध्यक्ष आचार्यले बताए। प्लास्टिक टनेल पाएपछि किसान खुसी भएका छन्।

यसैबीच, विपन्न तथा एकल महिलाका लागि वडाले विनियोजन गरेको ५० हजार बजेटबाट पनि १० महिलालाई प्लास्टिक टनेल वितरण गरिएको छ। तरकारी खेती गरिरहेका महिला किसानलाई सहयोगस्वरुप विपन्न तथा एकल महिलाको रकमबाट प्लास्टिक टनेल वितरण गरिएको वडा सदस्य अन्जना केसी बस्नेतले बताइन्।

प्रकाशित: १५ असार २०७६ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App