१५ चैत्र २०८० बिहीबार
अर्थ

प्रदेश ५ को बजेटप्रति कांग्रेसको प्रतिक्रियाः समृद्ध प्रदेश बनाउन सक्दैन्

रुपन्देही- प्रदेश ५ को सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दलका नेताहरुले बितरणमुखी भएको टिप्पणी गरेका छन्। बजेटको प्रारम्भिक प्रतिक्रिया दिँदै नेपाली कांग्रेस संसदीय दलका उपनेता विरेन्द्र कडौडियाले बजेट धेरै छरिएको बताए।

उनले वितरणमुखी बजेट भएकाले यो कार्यान्वयन हुन नसक्ने टिप्पणी गरे। कांग्रेसकै अर्का प्रदेशसभा सदस्य विरबहादुर रानाले बजेटले जनताको जनजीवनलाई छुन नसकेको बताए। उनले भने-‘जनताको जीवनस्तर सुधार्ने गरि बजेट आएन, यसले समृद्ध प्रदेश बनाउन सक्दैन।’

समाजवादी पार्टीका प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले भने आफ्नो दलसँग छलफल नै नगरेर बजेट ल्याएको भन्दै आपत्ति जनाए। उनले लुम्बिनी र पर्यटनलाई उपेक्षा गरेर बजेट आएको बताए। १२ वटा जिल्लालाई समेटेर बजेट नआएको उनको भनाई छ। सत्तापक्षिय सांसद दीपा विश्वकर्माले भने दलित र सिमान्तकृत समुदायलाई समेत समेटेर बजेट आएको प्रतिक्रिया दिईन। अर्का नेकपाकै सांसद तुल्सि चौधरीले बजेट सन्तुलीत र सबै क्षेत्रलाई समेटर आएको प्रतिक्रिया दिए।

प्रकाशित: १ असार २०७६ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App