१६ चैत्र २०८० शुक्रबार
अर्थ

समृद्धिका लागि सरकार–निजी क्षेत्रबीच सहकार्य

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र एक अर्काका परिपुरक रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल उद्योग परिसंघको नवनिर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको शुभकामना दिँदै उक्त धारणा राखेकी हुन् । राष्ट्रपति निवासमा बिहीबार उनले उत्पादन बढाएर आर्थिक विकासलाई तीव्र पार्न उद्यमी व्यवसायीसँग सरकार सहयोगीको भूमिकामा रहने विश्वास दिलाइन् । बेरोजगारी हटाउन तथा वैदेशिक रोजगारीको बाध्यात्मक अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले थालेका प्रयासलाई सघाउन पनि उनले उद्योगी व्यवसायीलाई आग्रह गरिन् ।

बढ्दो व्यापार घाटा कम गर्न निकासी बढाउनुको विकल्प नरहेको भन्दै राष्ट्रपति भण्डारीले स्वदेशी कच्चा पदार्थ उपयोगमा जोड दिइन् । पूर्वाधार विकास र औद्योगिकीकरणमा सरकारले निजी क्षेत्रसँग मिलेर काम गनुपर्नेमा जोड दिँदै उनले समस्या समाधानमा सकारात्मक भूमिका निभाउन आफु सदैव तयार रहेको धारणा राखिन् । सुशासन र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न निजी क्षेत्रले सघाउनु पर्नेमा राष्ट्रपतिले जोड दिइन् । सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था, नेपाल उद्योग परिसंघले निजी क्षेत्रको माध्यमबाट मुलुकको आर्थिक, उद्योग, लगानी विस्तार, निकासी प्रवद्र्धन, रोजगारी सिर्जना, पूर्वाधार विकासका क्षेत्रमा सरकारसँग निरन्तर सहकार्य गरिरहेको जानकारी गराए ।

‘आगामी आर्थिक वर्षको बजेटमा गरिएको उत्पादनमुलक क्षेत्रमागरिएको व्यवस्था, ऐन कानुनको सुधारमा सरकारले लिएको पहल, राष्ट्रिय महत्वकाआयोजनामा सरकारले तोकेको प्राथमिकता जस्ता प्रावधानहरुबाट नेपालको निजी क्षेत्र उत्साहित छ ।तापनिउद्योग–व्यवसायविस्तार र पूर्वाधार विकासको क्षेत्र लगायतकतिपय क्षेत्रमाअझपनिप्रक्रियागत समस्याहरुविद्यमान रहेको र समाधानकालागि सरकार र निजी क्षेत्र मिलेर जाँदात्यसको समाधान हुन्छ भन्ने विश्वास नेपालउद्योग परिसंघले लिएको पनिअध्यक्षमोरले उल्लेख गरे ।

सरकारले अवलम्बन गरेकानीतितथाकार्यक्रममानिजी क्षेत्रको साझेदारी थप कसरी प्रभावकारी हुन सक्छ, कार्यान्वयनतहमाविद्यमानप्रक्रियागत समस्याहरुको समाधान र यी क्षेत्रहरुको कार्यान्वयनलाई कसरी निजी क्षेत्रमैत्रीबनाउन सकिन्छ भन्ने उद्देश्यमा परिसंघले सरकारसँग सहकार्य गरिरहेको छ ।आर्थिक समृद्धिका साझेदारको रुपमा रहेको निजी क्षेत्रले उठाएका विषयमा सरकारको ध्यानकर्षण गराउन राष्ट्रको अभिभावकको रुपमा सम्माननीय राष्ट्रपतिज्यूबाट सकारात्मकपहलहुने विश्वास परिसंघले लिएको पनिअध्यक्षमोरले बताए ।सो अवसरमाउपस्थित परिसंघमा आवद्ध उद्योगीव्यवसायीहरुले  आ–आफ्ना क्षेत्रगतउद्योग तथालगानीकोअवस्थाबारे राष्ट्रपतिसँग अन्तरक्रिया गरेकाथिए ।
 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App