coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दोहोरो कर प्रणाली हटाउन आग्रह

लन्डन – बेलायतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतका लगानीकर्ताले दोहोरो कर प्रणाली हटाउन अनुरोध गरेका छन् ।

ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिस, भारतीय मूलका ब्रिटिस र नेपाली डायस्पोरा सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँगको भेटमा सो अनुरोध गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष कँडेलले नेपालमा विदेशी लगानीमा रहेका समस्या समाधानबारे मिलेर काम गर्न तयार रहेको उक्त भेटमा बताएको जनाइएको छ । नेपालमा लगानी गर्ने ब्रिटिस कम्पनीले नेपाल र बेलायत दुवै देशमा कर तिर्न परिरहेको उल्लेख गर्दै दुई देशबीच हुन लागेको डबल ट्याक्स (डिटिएए) सम्झौतामा चाँडोभन्दा चाँडो हस्ताक्षर गर्न प्रतिनिधिमण्डलले प्रधानमन्त्री लाई अनुरोध गरेको उल्लेख छ ।

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App