coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको ‘बचत पनि बिमा पनि’ योजना

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि बिमा पनि’ बचत योजना सुरु गरेको छ।यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप तीनवटा नयाँ बचत खाता छन्।

ती खाता खोल्ने ग्राहकलाई १६ लाखसम्म बिमाको व्यवस्था गरिएको बैंकले जनाएको छ।खाताको प्रकृति हेरी दुर्घटना बिमा, औषधि उपचार बिमा तथा घातक रोगको उपचार बिमा सुबिधा ग्राहकले पाउने बैंकको भनाइ छ।

यस्तो खाता खोल्दा ग्राहकले मासिक सात प्रतिशत ब्याज पाउने र न्यूनतम मौज्दात पाँच हजार, १५ हजार र २५ हजार हुनुपर्ने बैंकको भनाइ छ।यो खाता खोल्ने ग्राहकले लकर सुविधामा विषेश छुट, निःशुल्क एबिबिएस तथा एटिएम भिसा कार्ड, मोबाइल बैंकि۪ तथा इन्टरनेट बैंकिङमा एक वर्षको लागि निःशुल्क सुविधा पाउनेछन्।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App