१५ चैत्र २०८० बिहीबार
अर्थ

‘सहकारीको तीर्थस्थल बनाउने’

बागलुङ - धौलागिरिका सहकारीकर्मीले बागलुङलाई सहकारीको तीर्थस्थल बनाउने घोषणा गरेका छन्। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा भएको धौलागिरी स्तरीय बृहत् सहकारी सम्मेलनमा सहकारीकर्मीले यस्तो घोषणा गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीको दर्शन, मूल्य र मान्यतामा सहकारी चल्नुपर्ने बताए। उनले व्यावसायिक सहकारीको विकास र सु–सञ्चालन गर्नुपर्ने धारणा राखे। सह–अध्यक्ष पौडेलले सहकारीको दिगोपनाका लागि उत्पादनका क्षेत्रमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताए।
‘राष्ट्रको विकाससँग सहकारी जोडिने भएकाले देशको समृद्धिमा स्थानीय तहसँग सहकार्य गर्दै सहकारी अगाडि बढ्नुपर्छ,’ पौडेलले भने, ‘नेपालको आर्थिक विकासको एक खम्बा सहकारी पनि भएकाले अब बचत ऋणको मात्र कारोबारबाट माथि उठेर उत्पादन र रोजगारी सिर्जना गर्ने काममा सहकारी लाग्नुपर्छ।’

सहकारीको ऐन, नियम र कानुनमा रहेर काम गर्नुपर्नेमा पौडेलले जोड दिए। उनले उत्पादन र बजारीकरणका क्षेत्रमा काम गर्न सकेमा देशको आर्थिक विकास सम्भव हुने बताए। कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सल्लाहकार ऋषिराज घिमिरे, महासचिव चन्द्रप्रसाद ढकाल, सहकारी विभागका रजिस्ट्रार डाक्टर टोकराज पाण्डे, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, बचत तथा ऋण सहकारी संघका सञ्चालक गोमा नेपाल र जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले नेपालको सहकारी आन्दोलनमा धौलागिरिका सहकारीहरूको योगदानबारे उल्लेख गरे।

कार्यक्रममा सहकारीको विकासका लागि महत्वपूर्ण सहयोग पु¥याएकोमा नेपाल सरकार राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेललाई सम्मान गरिएको छ। धौलागिरि क्षेत्रमा क्रियाशील विभिन्न सहकारी संघ÷संस्थाका सञ्चालक, लेखा समिति तथा व्यवस्थापकीय प्रमुख, स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, पत्रकार, उद्यमीलगायत गरी दुई सय ५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यष चण्डीप्रसाद शर्मा पौडेलले बताए। सम्मेलनमा धौलागिरि क्षेत्रका सहकारी संघसंस्थाका प्रतिनिधि, सबै सम्मेलनमा गण्डकी प्रदेशमा सहकारीको सम्भावना, अवसर, चुनौती र कानुनी व्यवस्थाको विषयमा, महिला सहभागिता प्रवद्र्धन तथा दिगो विकास लक्ष्य प्राप्ति र सकारात्मक सोच र सहकारी संस्थामा ऋण तथा जोखिम व्यवस्थापनलगायतका विषयमा राष्ट्रिय कार्यपत्र प्रस्तुति रहेको छ। सम्मेलनमा सहकारी क्षेत्रको सम्भावना उजागरका विषयमा पनि छलफल भएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App