coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नगदे बाली खेतमै सुकेपछि किसानको बिचल्ली

बुटवल– नवलपरासीको प्रतापपुर गाउँपालिका ९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमाासले सुकेका उखु हेरेर टोलाउँदै थिइन्। घर नजिकैको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाइन्। जुन उखु उनका लागि खुनपसिना सबथोक हो। १० जनाको परिवार पाल्ने एकमात्र आयश्रोत हो। तर त्यहीँ उखुले अहिले उनलाइ दिनको भोक न रातको निन्द्रा बनाएको छ। बर्षदिनको मेहनत र पसिना खेतमा सुकेर सोत्तर बनेपछि हातगोडा छाडिएका छन्। केही दिनअघिको असिना पानीले तीनै उखु पनि ढलेर आधाजसो कुहिएका छन्। ‘हामी त लुटियौं, बर्बाद भयौं। उखु खेतमै सुक्यो, मेरा बालबच्चा पनि सुक्ने भए’, सुमित्राले एकै श्वासमा दुखेसो पोखिन्।

‘मिल बन्द भए। उखु खेतमै सुक्यो। बालबच्चा कसरी पाल्ने? साहुको ऋण के ले तिर्ने? म त बरबाद भए’, शंकरले दुखेसो पोखे।  नगदे बालीले गरिबी घटाउला भनेर उनले सात बर्षअघि धान मासेर १० कठ्ठामा उखु लगाएकी हुन्। अहिले त्यहीँ उखु दाउरा बनाएर आगो फुक्दा अनिता चौधरीको मन भतभती पोल्छ। 

सुमित्राकी देवरानी द्रौपती धवल र शंकर धवलको अवस्था पनि उस्तै छ। मंगलबार उखुबारीमै भेटिएका धवल दम्पती हतास मनस्थितीमा देखिन्थे। सम्पत्तिको नाममा उनीहरुसंग करिब ८ कठ्ठा जमिन छ। जसमा उखु लगाएका छन्। उखु लगाउँदाको क्रण तिर्न साहुले ताकेता गरिरहेका छन्। उखु बेचेरै ५ जनाको परिवारका लागि दालचामल किन्नु पर्छ। नुनतेल मसलाको जोहो गर्नुपर्छ। तीन जना छोराछोरीका लागि एकजोरी नयाँ लुगा फेरिदिनु पर्छ। तर परिवारको भरथेग गर्ने त्यहीँ उखु बिक्री गर्न नपाएर खेतमै सुकेपछि उनको परिवार बिचल्लीमा परेको हो। ‘मिल बन्द भए। उखु खेतमै सुक्यो। बालबच्चा कसरी पाल्ने? साहुको ऋण के ले तिर्ने? म त बरबाद भए’, शंकरले दुखेसो पोखे। 

प्रतापपुरकै कालिभद्र चौधरीले जेठ १ र २ गते एक दर्जन बढी खेताला लगाएर खेतको उखु कटाएका थिए। ३ गते ट्याक्टरमा लोड गर्दैगर्दा चिनी उद्योग बन्द भएको सूचना थाहा पाए। थारु र उनका छिमेकीले उद्योगमै पुगेर हारगुहार पनि गरे। तर उद्योग खुलेनन्। मिलमा लैजान तयार गरिएको करिब ७४ क्वीन्टल उखु घर अघिल्तिर चाङ्ग लगाइएको छ। जुन  अहिले सुकेर दाउरो बनेको छ। थारुका छिमेकी अनिता चौधरीको अवस्था पनि उस्तै छ। साँघुरो र झिँगटीले छाएको घरको भान्सामा सुकेको उखुको चाङ छ। मिलमा लैजान ठिक्क पारेको उखु सुकेपछि दाउराको रुपमा प्रयोग गर्न बाध्य भएको अनिताले नागरिकलाई बताइन्। नगदे बालीले गरिबी घटाउला भनेर उनले सात बर्षअघि धान मासेर १० कठ्ठामा उखु लगाएकी हुन्। अहिले त्यहीँ उखु दाउरा बनाएर आगो फुक्दा अनिताको मन भतभती पोल्छ। 

सरकारले कृषि जन्य उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजनासहित बर्षेनी बजेट बिनियोजन गरिरहँदा नवलपरासीमा भने किसानका खेतमा नगदे बाली सुकेर खेर गइरहेको छ। उखु उत्पादक कृषक तदर्थ समिति नवलपरासीका अनुसार ढिलो गरी संचालन भएका यहाँका चिनी उद्योगहरु छिट्टै बन्द हुँदा यो बर्ष करिब ५ करोड मूल्य बराबरको उखु क्रसिङ्ग हुन पाएन। झण्डै ७०/७५ बिगाह क्षेत्रफलमा लगाइएको करिब एक लाख क्वीन्टल उखु खेतमै सुकेको तदर्थ समितिका धिरज त्रिपाठीले बताए। 

जसका कारण जिल्लाका दजर्नौ किसान परिवार अहिले बिचल्लीमा परेका छन्। परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्तामा छन्। मिल बन्द भएपछि केही किसानले आधा कम मूल्यमा जुस पेल्ने साना व्यवसायीलाई उखु बिक्री गरेका छन्। तर त्यसबाट खेतालाको ज्यालासमेत नउठेको प्रतापपुर ९ का टेकनारायण चौधरी थारुले बताए। नगदे बाली खेतमै सुकेर किसानको बिचल्ली हुँदासमेत स्थानीय, प्रदेश र केन्द्र सरकार मुकदर्शक भएर बसेको गुनासो जिल्लाका किसानको छ। जिल्लाबाट प्रदेश र संघीय संसदमा पुगेका सासदहरुले समेत किसानका समस्यालाई वेवास्ता नगरेको कृषक कालिभद्र चौधरीले बताए। 

सरकार र उद्योगीकै लापरबाहीले उखु खेर गयो

नवलपरासीमा तीन वटा चिनी उद्योग छन्। लुम्बिनी, बाग्मती र इन्दिरा। जसमध्ये लुम्बिनी चिनी कारखाना बैशाख पहिलो साता बन्द भएको छ। बाग्मती  खाँडसारी  र इन्दिरा सुगर मिलले पनि जेठ २ गतेदेखि क्रसिङ्ग बन्द गरेका छन्। उखु क्रसिङ्गको मुख्य सिजन मंसिरदेखि फागुनसम्म हो। तर सरकारले बिगतमा जस्तै यसपालि पनि उखुको मूल्य तोक्न ढिलाइ गरिदियो। मंसिर अगावै मूल्य तोक्नुपर्ने भए पनि माघ दोस्रो साता बल्ल मूल्य तोकियो। त्यसपछि पनि तोकिएको मूल्यमा असहमति जनाउँदै नवलपरासीमा उद्योग संचालन गरिएन। चौतर्फी दबाबपछि फागुन दोस्रो सातादेखि उद्योग खुले। ढिलो गरी संचालनमा आएका उद्योगहरुले प्राविधिक समस्या देखाएर बीचमा मिल बन्द गरिरहे। 

बन्द हुँदै खुल्दै गरेका उद्योगमा पालो नलाग्दै धेरै किसानका खेतमा उखु सुक्न थाल्यो। सुकेको उखुको चिनी नपर्ने भन्दै उद्योगीले जेठ पहिलो साता मिल नै बन्द गरिदिए। जसका कारण करिब ७०÷७५ बिगाह क्षेत्रफलको उखु क्रसिङ्ग हुन सकेन।
सिजन छँदा उखुको मूल्य नतोकेको बहानामा मिल नचालाएका उद्योगीले मूल्य तोकेपछि पनि फुल फेजमा उद्योग नचलाउँदा किसानको उखु खेर गएको उखु उत्पादक किसान तदर्थ समितिका त्रिपाठीले बताए। सरकार र उद्योगीकै लापरबाहीले आफनो परिवारको बिचल्ली भएको भन्दै यहाँका किसानले उद्योगीलाइ कारबाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। तर उद्योगीहरु भने त्यसमा आफनो दोष नभएको बताउँछन्। किसानले समयमै उखु काटेर नल्याएकाले मिल खाली भएर बन्द गर्नु परेको दाबी बाग्मती खाँडसारी चिन मिलका उखु महाप्रबन्धक गोपाल सापकोटाले गरे। तर, प्रतापपुरका किसान कालीभद्रले भने किसानले उखु काटेर मिलमा लैजाने तयारी गरिरहँदा अग्रिम सूचनाबिनै मिल बन्द गरिएको बताए। 

प्रकाशित: २३ जेष्ठ २०७६ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App