coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्य हुने

काठमाडौं– नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। मन्त्री पुनले जलविद्युतको क्षेत्रमा धेरै काम गरेको अष्ट्रियासँग जलविद्युत सम्बन्धि प्रविधि भित्र्याउने गरी सो समझदारी गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्। जलविद्युत क्षेत्रको प्रविधिसम्बन्धि ३१ वटा भन्दा बढी कम्पनी भएको सो मुलुकसँग जलविद्युत पूर्वाधार विकासमा अन्य विषयमा पनि छलफल गरिएको मन्त्री पुनको भनाई थियो।

मन्त्री पुनले अष्ट्रिया भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय उद्योग विकास संगठनका उपाध्यक्ष ली योङसँग पनि भेटवार्ता गरी जलविद्युत र नविकरणीय उर्जाको विकास, प्रवर्द्धन एवम् उर्जा दक्षताका विषयमा थप सहकार्य गर्नुपर्नेमा जोड दिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्धारा मंगलबार जारी गरिएको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १४ जेष्ठ २०७६ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App