१६ चैत्र २०८० शुक्रबार
अर्थ

कतार एअरवेजको छुट योजना

काठमाडौं – कतार एअरवेजले विश्वको एक सय ६० भन्दा बढी गन्तव्यबाट दोहासम्मको उडानका लागि २५ प्रतिशतसम्म छुट दिएको छ। १५ अगस्टसम्मको सम्पूर्ण बुकिङमा यात्रुलाई ‘समर इन कतार’को विभिन्न गतिविधिको अनुभव गराउने उद्देश्यले कतार राष्ट्रिय पर्यटन परिषद् (क्युएनटिसी) सँगको सहकार्यमा छुट योजना लागू गरेको एअरवेजले जनाएको छ।  

हमाद अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आगमन, प्रस्थान तथा ट्रान्जिट हुने यात्रुले कतार एअरवेजको विशेष अल माहा सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

‘समर इन कतार’ले अतिथिलाई जुन ४ मा सुरु हुने इद–अल–फित्र र १२ अगस्टमा हुने इद–अल–अधाका बीचमा विभिन्न उत्सवमा सहभागी हुने अवसर प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App