१५ चैत्र २०८० बिहीबार
अर्थ

रानीपौवामा कृषि मेला सुरु

नुवाकोट - नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ सुरु भएको छ। नुवाकोटको कृषि पर्यटनलाई देशव्यापी रुपमा विस्तार गर्ने उद्देश्यसहित आठ गतेसम्म सञ्चालन हुने कृषि मेला ककनी गाउँपालिकाको सहआयोजनामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आयोजना गरेको हो।

स्वर्गीय पोष्टबहादुर बोगटीको आदर्शलाई जनस्तरसम्म स्थापित गराउँदै कृषकलाई कृषिमा आकर्षण बढाउने, विषादीरहित अर्गानिक कृषि उत्पादनमा जोड दिने, कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्ने र कृषि पैदावरलाई उपभोक्ता बजारको पहुँचमा पु¥याउन मेला केन्द्रित रहेकोे आयोजक संस्थाका अध्यक्ष हितराज पाण्डेले बताए।

मेलाले प्रदर्शनी स्थलमा कृषकका उत्पादन आम उपभोक्तासम्म पु-याउने, कृषि औजार तथा कृषि यान्त्रिकीकरणको माध्यममार्फत समुन्नत कृषिग्राम निर्माणमा सहयोग पु-याउने अपेक्षा गरिएको छ। त्यस्तै अर्गानिक कृषि प्रणाली सम्बन्धमा जनस्तरसम्म चेतना विस्तार गर्ने, पशुपक्षी तथा बाली उत्पादनमा कृषकको जोखिम न्यूनीकरण गर्न सम्बन्धित क्षेत्रका विज्ञ सम्मिलित अन्तरक्रियामार्फत आमकृषक तथा उपभोक्तामा सकारात्मक प्रभाव पर्न जाने विश्वास लिइएको छ।

‘कृषक तथा उद्यमीलाई आर्थिक तथा मनोवैज्ञानिक तबरले सबल बनाई कषिमा निर्भर अर्थतन्त्र निर्माणको आधार तयार गर्नका लागि र कृषि क्षेत्रको माध्यमबाट पर्यटन व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउन मेलाको आयोजना गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए।

कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकरण गरी कृषि उद्योगको विकास गरौं, समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न अगाडि बढौं भन्ने नारासहित सञ्चालन हुन लागेको कृषि मेलामा जिल्लाका १२ वटै स्थानीय तहको विशेषता झल्किने कृषि उपज तथा सामग्री प्रदर्शनीमा राखिएको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App