१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट निर्माणमा सांसदका सुझाव लिन्छौं : अर्थमन्त्री खतिवडा

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाईने बताएका छन्।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी बर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा उठेका जिज्ञासाको जवाफ दिदै उनले उपयुक्त सुझावहरुलाई बजेट निर्माणको आधार बनाउने बताए।

स्थानीय पूर्वाधार विकासका सन्दर्भमा उठेका जिज्ञासाहरुलाई मनन गरिएको भन्दै मिलाउन सक्ने विषयलाई विधिवत ढंगले समावेश गरिने बताए। कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिए। विकृति हटाउने नाममा राम्रो प्रणाली फाल्न नहुने भन्दै उनले सामुहिक प्रणालीमा देखिएका समस्या समाधान गर्दै वित्तिय प्रणालीलाई विकास गर्दै लैजानुपर्ने  बताए।

छोटो अवधिमा वित्तिय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा अधिकांश कुराहरु भएको र आवश्यक कानुनहरु बनेको भन्दै उनले वित्तिय संघीयता कार्यान्वयन पूर्ण नभएपछि उल्लेख्य मात्रामा अघि बढेको स्पष्ट पारे। संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने भन्दै त्यसमा कुनै पनि प्रकारको शंका नगर्न पनि खतिवडाले आग्रह गरे। संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपुरक भूमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुनेमा उनले विश्वस्त पारे।

 

प्रकाशित: ३० वैशाख २०७६ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App