२८ असार २०७७ आइतबार
अर्थ

सिटिजन्सको सहायक सिइओमा दाहाल

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा कार्यरत समिरप्रसाद दाहाललाई वैशाख २० गतेबाट लागू हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

१६ वर्षअघि बैंकिङ करियर थालेका चार्टर्ड एकाउन्टेन्ट दाहाल ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा उक्त बैंकमा जेडिएका थिए। पछिल्लो समय उनी बैंककै भगिनी संस्था सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत थिए।

उहाँले वित्त तथा योजना तर्जुमा विभाग, आइटी, सञ्चालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोभेसन जस्ता विभागहरुलाई नयाँ किसिनले सञ्चालन गर्ने विश्वास बैंकले लिएको छ। दाहालले हाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेको बैंकले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App