१५ चैत्र २०८० बिहीबार
अर्थ

१५ करोडको कापी उद्योग

भैरहवा - रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७, परसहवामा १५ करोड रुपैयाँ लगानीमा कापी उद्योग सञ्चालनमा आएको छ। २७ युवा मिलेर नयाँ प्रविधि लाइनोमेटिक प्रविधिसहितको कापी उद्योग खोलेका हुन्।

भैरहवा कमर्सियल इन्भेस्टमेन्ट कम्पनी प्रालिद्वारा सञ्चालित अन्नपूर्ण मल्टी इजी इन्डस्ट्रिजको तेस्रो उद्योगकोे रुपमा मसलन्द तथा कापी उद्योग स्थापना गरिएको हो। इन्डस्ट्रिजले हालसम्म उद्योगमा २८ करोड रुपैयाँ लगानी गरेको जनाएको छ।
उद्योगअन्तर्गत यसअघि कार्डबोर्ड र गत्ता उत्पादन हुँदै आएकामा तेस्रो उद्योगको रुपमा नयाँ वर्षदेखि कापी उत्पादन गर्न

थालिएको भैरहवा कमर्सियल इन्भेस्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए।
उद्योग स्थापनाको अवसरमा पहिलो उत्पादित कापी तिलोत्तमा–१५ स्थित नेपाल अविनास अनाथ आश्रमका ३५ जना विद्यार्थीलाई हस्तान्तरण गर्दै बिक्री वितरण सुरु गरिने बताइएको छ। कम्पनीको हाल दैनिक चार टन कागजबाट आठ घन्टामा १० हजार कापी उत्पादन गर्ने क्षमता रहेको छ।

उद्योगले आगामी दिनमा आवश्यकताअनुसार उत्पादन बढाई २० हजार कापी दैनिक रुपमा उत्पादन गर्न सकिने भण्डारीले बताए। ‘निजीस्तरबाट कापी तथा मसलन्द सामग्री उत्पादन गरेर राष्ट्रलाई समेत सहयोग गरेका छौं। उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले उत्पादनमा जोड दिएका छौं,’ भण्डारीले भने। हालसम्म तीनवटै उद्योगमा गरी सय जनालाई रोजगारी दिएको भण्डारीले जानकारी दिए।

कापी उद्योग उद्घाटन गर्दै प्रदेश ५ का पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले कृषि अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएको हुँदा सर्वप्रथम कृषि क्षेत्रलाई टेकेर उद्योग र पर्यटनको विकास आवश्यक रहेको बताए। उनले सुरुमा स–साना उद्योगबाट सुरु गरेर पछि ठूला उद्योग स्थापना गर्दै आयातलाई निरुत्साहित गर्नेतर्फ लाग्न आग्रह गरे। उनले प्रदेश ५ सरकारले उद्योगी व्यवसायीको हितमा काम गरिरहेको बताउँदै यस क्षेत्रमा बन्द रहेका राष्ट्रिय गौरवका उद्योग सञ्चालनमा पहल गर्ने बताए।

‘प्रदेश सरकारको पहिलो बजेट निर्माणका क्रममा मुख्यमन्त्री शंकर पोखरेल प्रदेश ५ मा कागज उद्योग स्थापना गर्न नितान्त आवश्यक छ भन्नुभएको छ,’ मन्त्री गिरीले भने, ‘त्योसँग जोडिएको कच्चा पदार्थ पनि हामीसँग छ र उत्पादन भएपछि त्यसको आपूर्ति पनि गरिनेछ।’ प्रालिमार्फत १० वर्षमा १० वटा उद्योग सञ्चालन गरी एक हजार जनालाई रोजगारी दिने र सेयर सदस्य थपेर सय करोड लगानी पु¥याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०७६ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App