३० असार २०७७ मंगलबार
अर्थ

एनआइसी एसियाले खोल्यो एकै दिन पाँच शाखा

काठमाडौं – एनआइसी एसिया बैंकले बुधबार काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी पाँच शाखा खोलेको छ। उपत्यकामा मध्यपुर थिमी नगरपालिकाको पुरानो थिमी, कागेश्वरी नगरपालिकाको गोठाटार, सूर्यविनायक नगरपालिकाको बालकोट, चन्द्रागिरी नगरपालिकाको सतुंगल चोक र बाराको फेटामा शाखा खोलेको बैंकले जनाएको छ। बैंकले यसअघि नै दुई सय ८० भन्दा बढी शाखाबाट सेवा दिइरहेको छ।

शाखाबाहेक एनआइसी एसियाले दुई सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको छ। बैंकको ग्राहक संख्या १५ लाख हाराहारी र प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको जारी विज्ञप्तिमा उल्लेख छ।  
 

प्रकाशित: १२ वैशाख २०७६ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App