७ वैशाख २०८१ शुक्रबार
अर्थ

फेमिली स्कुटर ‘डेस्टिनी १२५’ बजारमा

काठमाडौं – हिरो मोटरकर्प लिमिटेडले आइथ्रिएस प्रविधि सहितको फेमिली स्कुटर डेस्टिनी १२५ मंगलबार सार्वजनिक गरेको छ। भारतमा बिक्री सुरु गरेको केही महिना मै नेपालमा यो स्कुटरको बिक्री सुरु भएको कम्पनीले जनाएको छ।

बिक्री शुभारम्भ कार्यक्रममा हिरो मोटरकर्प ग्लोबल बिजनेस स्ट्राटेजी पर्फर्मेन्स प्रमुख रजत भार्गभले नेपालमा बिक्री गर्न शुभारम्भ गर्न पाउँदा खुसी लागेको बताउँदै डेस्टिनी १२५ को भविष्य उज्वल रहने दाबी गरे। बाहिरबाटै इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्ने र बुट लाइट यसका विशेषता हुन्। स्कुटरमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ प्रणालीले आरामदायी यात्राको अनुभूति दिलाउने कम्पनीले जनाएको छ।

डेस्टिनी १२५ को भ्याट सहितको मूल्य दुई लाख ६ हजार कायम गरिएको कम्पनीले जनाएको छ। यो स्टाइलिस नयाँ स्कुटर वैशाख ४ गतेदेखि देशभरका हिरो मोटरसाइकल सो रुमहरुमा उपलब्ध हुनेछन्।

प्रकाशित: ४ वैशाख २०७६ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App