८ वैशाख २०८१ शनिबार
अर्थ

एनआइसी एसिया क्यापिटलको डिम्याट खातामा छुट

काठमाडौं –  एनआइसी एसिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान वर्षको रुपमा सञ्चालन गर्ने भएको छ । नयाँ वर्षमा डिम्याट खाता खोल्दा शुल्क छुट हुने जनाएको छ । व्यक्तिको सवल आर्थिक भविष्यका लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर गर्दै वर्ष २०७६ मा ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान थालनी गरेको हो ।

एनआइसी एसिया क्यापिटलले आम जनतामाझ डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरी ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गर्नेछ । एनआइसी एसिया क्यापिटल लिमिटेडले सोही अभियानलाई थप टेवा पु¥याउन मिति २०७६ असार मसान्तसम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएकोे छ । सो अभियानले विशेषतः महिला, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका नयाँ अवसरबाट फाइदा लिन सघाउ पु¥याउने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: १ वैशाख २०७६ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App