७ वैशाख २०८१ शुक्रबार
अर्थ

जापान उडान अनुमतिको टुंगो ४५ दिनभित्र

काठमाडौं– नेपाल वायुसेवा निगमले वाइड बडी जहाज जापानको ओसाका सहरमा उडाउन अनुमति माग गरेको छ। 

प्रक्रिया पुरा गरेर अनुमति मागको लागि आइतबार जापानको जापान सिभिल एभिएसन व्यरो (जेक्याब)मा निगमले आवेदन दिएको निगम सहप्रवक्ता नबराज कोइरालाले जानकारी दिए। उनका अनुसार आवेदन दिएको मितिबाट ४५ दिनभित्र अनुमति पाउने वा नपाउने टुंगो लाग्छ।

कोइलाका अनुसार अनुमति पाउने प्रबल सम्भावना छ। सोही अनुसार निगमले असार तेस्रो साताबाट साताको तीन उडान गर्ने योजना समेत बनाएको छ। निगमले यसअघि माघमै उडान गर्ने बताउँदै आएको थियो। तर, प्रक्रिया ढिलाई हुँदा अनुमतिको लागि आवेदनै दिन सकिरहेको थिएन्। 

निगमले दशकअघिसम्म जापानको ओसाकामा उडान गर्दै आएको थियो। निगमसँग भएको बोइङल ७५७ मार्फत काठमाडौं–संघाई हुँदै ओसाका  विमानस्थल पुग्थ्यो। हप्तामा दुई पटक उडान गर्दै आएको निगमले जहाज अभाव भएको भन्दै २०६४ सालबाट उडान बन्द गरेको  थियो। निगमले दुई वटा वाइड बडी जहाज खरिदसँगै गन्तव्य विस्तारको लागि पुनः जापानको ओसाका उडानको तयारी थालेको हो। निगमले दुई वाइडबडी १० महिनाअघि खरिद गरेर ल्याएको छ। 

निगमसँग  हाल अन्र्तराष्ट्रिय उडान गर्ने २ सय ७४ सिटे दुईथान ‘ए३३०–२००’ वाइड बडी, १ सय ५८ सिटे दुईथान ‘ए३२०–२००’ न्यारो बडी सञ्चालनमा छन्। हाल यी जहाजहरु दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँदिल्ली लगायतका दुरीमा उडिरहेका छन्।

प्रकाशित: २५ चैत्र २०७५ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App