८ वैशाख २०८१ शनिबार
अर्थ

७७ परियोजना प्रस्तावमा १५ वटा सम्झौता, १७ सोकेसका परियोजनामा लगानी प्रस्ताव

शनिबार काठमाडौँमा सम्पन्न लगानी सम्मेलनमा प्रदेश नं २ मा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि मुख्यमन्त्री लालबाबु राउत र सिजी इन्फ्रास्ट्रक्चरका प्रबन्ध निर्देशक निर्वाण चौधरी सम्झौता–पत्र हस्ताक्षर पछि । तस्वीर : रासस

काठमाडौं– समृद्ध नेपाल बनाउने सपनासहित आयोजना गरिएको लगानी सम्मेलनमा सम्झौता भएका परियोजना कार्यान्वयनको चरणमा रहेका छन्। शनिबार बेलुकी सम्मेलनको समापन समारोहमा सम्झौता भएका १५ परियोजनामध्ये धेरै परियोजना कार्यान्वयनको चरणमा रहेका छन्। सम्मेलनमा सीजी ग्रुपले चार वटा परियोजनामा सम्झौता गरेको छ। 

पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आयोजना गरिएको सम्मेलनमा यातायात क्षेत्रतर्फका ७, ऊर्जाका चार, कृषि पूर्वाधारमा तीन, शिक्षा तथा स्वास्थ्य दुई र लजिस्टिकको एक परियोनामा लगानी प्रस्ताव आएको छ। सम्मेलनमा सरकारी क्षेत्रबाट ५० र निजी क्षेत्रबाट १७ परियोजनाको शोकेस बनाए पनि यसअन्तर्गतका १७ परियोजनामा लगानीको लागि प्रस्ताव आएको लागनी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए। 

९ सय मेगावाटको अरुण तेस्रो, २६० मेगावाटको अपर त्रिशुली, १६४ वाटको कालिगण्डकी, अपि हाइड्रोे सोलुसन (१८ मेगावाट सोलार,  ९८ मेगावाट जलविद्युत्, १० मेगावाट विन इनर्जी) परियोनजामा लगानी सम्बन्धी सम्झौता भएको छ। 

अरुण तेस्रोमा भारतीय बैंक एसबीआई र एभरेष्ट बैंकले ६ अर्ब आठ करोड लगानी गर्ने भएका छन्। यो परियोजना पुरानै हो। यसअघि उक्त परियोजनामा भारतीय कम्पनी सतलजले लगानी जुटाएको घोषणा गरेको थियो।

सिमरा विशेष आर्थिक क्षेत्र (सेज) बनाउन अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)  र लगानी बोर्डबीच सिम्झौता भएको छ। लगानी बोर्डका सीईओ अधिकारी र आईएफसीका उपाध्यक्ष पिटर लेन्क्सबीच उक्त सम्झौता भएको हो। सार्वजानिक निजी साझेदारीमा उक्त सेज निर्माण गरिने छ। आईएफसीले नेपालमा एक अर्ब अमेरिकी डलर अर्थात १ खर्ब १० अर्ब रुपैयाँ बराबरको लगानी गर्ने बताएको छ।

चौधरी ग्रुपले टेलिकम, सोलार, मल्टि मोडेल लजिस्टिकमा विदेशी लगानी ल्याउने सम्झौता गरेको छ। गु्रपले ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीलाई नेपालमा लगानी गर्न सम्झौता गरेको छ। चौधरी ग्रुपले सोलार प्लान्टका लागि प्रदेश २ सरकारसँग समझदारी गरेको छ।

भारतको मुथुत फाइनान्सको ३९ करोड ९० लाख रुपैयाँ लगानी भित्र्याउने सम्झौता भएको छ। सिन्सियल कन्सोल्टियमसँग मिलेर ज्ञानेन्द्रलाल प्रधानले बुटिक होटेल खोल्ने भएका छन्। काभ्रेको बनेपामा बुटिक खोल्ने सम्झौता सम्मेलनमा भएको हो। 

सम्मेलनमा ४० देशका  सात सय ३५ जना र ६ सय जना स्वदेशी लगानीकर्ता सहभागी भएको लगानी बोर्डले जनाएको छ। सम्मेलनमा तीन सय भन्दा बढी विदेशी कम्पनी र एक सय भन्दा बढी स्वदेशी कम्पनीका लगानीकर्ताहरु सहभागी रहेको थियो। 

प्रकाशित: १६ चैत्र २०७५ १५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App