१६ चैत्र २०८० शुक्रबार
अर्थ

महाकुलुङमा एभरेस्ट बैंकको शाखा

सोलुखुम्बु– जिल्लाको विकट मानिएको दूधकोशी पारिको स्थानीय तह महाकुलुङ गाउँपालिकामा एभरेस्ट बैंकले शाखा स्थापना गरेको छ। शाखाको बुधबार गाउँपालिका अध्यक्ष सागर किराँतीले आफ्नो खाता खोलेर कारोबार शुभारम्भ गरेका हुन्।

अध्यक्ष किराँतीले बैंकलाई सरल र सहज सेवा प्रभावकारी रुपमा प्रवाह गर्न सके आर्थिक कारोबारको विश्वासिलोे माध्यम बन्ने बताए । बुङमा बैंक सञ्चालनमा आएपछि बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ।

त्यस्तै महाकुलुङका नागरिकमा बचत गर्ने बानीको विकास हुने बैंकको विश्वास छ। उद्घाटनको पहिलो दिन एक सय पाँच जनाले खाता खोलेको बैंकले जनाएको छ।

 

प्रकाशित: १५ चैत्र २०७५ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App