१६ चैत्र २०८० शुक्रबार
अर्थ

टिभिएसको ‘साथ छ हाम्रो’ अफर

काठमाडौं– अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध दुई र तीनपांग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेताले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘साथ छ हाम्रो’ अफर ल्याएको छ।

नयाँवर्षको अवसरमा टिभिएसको साथ मनाउन र शुभकामना स्वरूप सो अफर ग्राहकमाझ ल्याएको हो। हरेक दुईपांग्रे सवारी प्रेमीको एकमात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टिभिएसका ‘साथ छ हाम्रो’ अभियान टिभिएसले दुई वर्षअघि परिचित गराएको थियो। यसमार्फत टिभिएस आफ्नो ग्राहकको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो।

सोमबारबाट सुरु भएको अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजारको स्योर सट नगद छुटको व्यवस्था गरेको छ। यस अफरले स्क्र्याच कुपनको झन्झट हटाई ग्राहकको सजिलोको लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो। २०७६ वैशाख मसान्तसम्म उक्त अफर लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ।

टिभिएसले आफ्नो सात भिन्ना भिन्नै सिसीका उत्पादनमा पाँच वर्षको वारेन्टी, अनस्पट फाइनान्स, अनस्पट एक्सचेन्ज, एकघन्टे एक्सप्रेस सेवा लगायत अन्य विभिन्न सेवाका फाइदा दिँदै आएको जनाएको छ।

 

प्रकाशित: १३ चैत्र २०७५ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App