७ वैशाख २०८१ शुक्रबार
अर्थ

सोसाइटल सहकारी समस्याग्रस्त

काठमाडौं – सरकारले सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) अनुसार उक्त सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट सस्याग्रस्त संस्था घोषणा गरिएको हो।

सो संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐनअनुसार गठित समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिलाई तोकिएको मन्त्रालयले जनाएको छ। उक्त सहकारी विसं २०५६ सालमा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई वित्तीय कारोबार गर्दै आएको थियो।    (रासस)

 

प्रकाशित: ७ चैत्र २०७५ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App